२५ असार २०८१ मंगलबार
image/svg+xml

महानगरपालिकामा पसल बन्द गराइदिनदेखि कोठा खालि गराउनेसम्मका उजुरी

काठमाडाै महानगरपालिका अन्तर्गत न्यायिक समितिमा अधिकांश उजुरीहरू पसलहरू बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन लगायतका रहेका छन्।

कपनको खहरे खोलामा चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो।

सामाखुसी खोला व्यवस्थापन छिट्टै नगरे जोखिम बढ्ने

काठमाडौं महानगरपालिका भएर बग्ने सामाखुसी खोला किनारमा रामबाबु ठाकुरले सैलुन चलाउँदै आएको २५ वर्षभन्दा बढी भयो। खोलामाथि बनाएको कंक्रिट ढलान हटाउने क्रममा उनको पसल पनि नराम्ररी प्रभावित बन्यो। उनले पसल छाड्नुपर्‍यो।

तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ। काठमाडौं महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिन समेत अनुरोध गरेको छ।

महानगरको झारा टार्ने फोहोर व्यवस्थापन

सरोकारवाला निकायबीच राम्रो समन्वय नहुँदा आर्थिक रूपमा सशक्त काठमाडौं महानगरपालिका फोहोर व्यवस्थापनको बाटोमा चुकेको छ। उसले फोहोर फाल्ने साइटसम्मको बाटो त फराकिलो बनायो। तर फोहोरको सही व्यवस्थापन गर्ने सोच फराकिलो बनाउन सकेन।

उपत्यकामा थुप्रिएको फोहोर उठ्न थाल्यो

काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन गर्न थालेको छ। नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए।

भद्र घले सेवा सदनमा महानगरको डोजर

काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन बुधबार डोजर चलाएको छ।

बजार अनुगमनलाई नियमित गर्दै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ।

‘कामनपा १३ वडा कार्यालय रहेको जग्गा व्यक्तिको होइन’

काठमाडौं महानगरपालिका–१३ को वडा कार्यालय व्यक्तिको घर भएको दाबी गरिरहँदा वडा कार्यालयले उक्त दाबीलाई कानुनी मान्यता दिन नसकिने बताउँदै आएको छ।

नगर प्रहरीलाई ब्रिफिङ: ‘सामान पोखिने गरी कारबाही नगर्नु’

काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई आदेशको श्रृङ्खला र आचरणका विषयमा ब्रिफिङ गरिएको छ।

बुक फ्रि फ्राइडेलाई अझ सशक्त बनाउन शिक्षकलाई आग्रह

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरपालिकाद्वारा सञ्चालित बुक फ्रि फ्राइडेका दिन विद्यार्थीहरूलाई नयाँ नयाँ सीप, काठमाडौंको कला संस्कृति, चाडपर्व, परम्परागत कार्य जस्ता कुराहरू सिकाउन सामुदायिक विद्यालयका नेपालभाषा प्रशिक्षण सहायकहरूलाई आग्रह गरेकी छन्।

काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ।

छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ।

स्वीकृतिबिना जग्गा भाडामा लगाउन नपाइने

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा भएका सरकारी जग्गा महानगरपालिकाको स्वीकृतिबिना भाडामा दिन रोक लगाएको छ।

८ सय सहकारीद्वारा काठमाडौं महानगरलाई अटेर

काठमाडौं महानगरपालिका भित्र कार्यक्षेत्र रहेका साढे १९ सय सहकारीमध्ये साढे ८ सय सहकारीले महानगरलाई अटेर गर्दै आएका हुन्। वित्तीय संस्थाले नियामक निकायमा वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने भए पनि तिनले बेवास्ता गर्दै आएका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्