२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

शुल्क फिर्ता माग्दा मेडिकल कलेजले धकेलेर बाहिर निकालेपछि विद्यार्थी आन्दोलित

भैरहवामा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी अन्दोलित बनेका छन्।

लिइएको बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट

नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ। चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

रसियामा नेपाली विद्यार्थीको मृत्यु

रसियामा सोमबार एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। इटहरी वडा नं. ५ तलुसा टोलका २४ वर्षीय विवेक दाहालको मृत्यु भएको हो।

नोबेल पुरस्कार विजेताले गरीब विद्यार्थीलाई पढाउने

नोबेल पुरस्कार विजेता भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजीत बनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

समताका विद्यार्थीले स्विटजरल्यान्डमा पढ्न पाउने

विश्वकै विशिष्ट मानिने स्विटजरल्यान्डस्थित आइगलन स्कुलमा समता स्कुलका एकजना विद्यार्थी पढ्न पाउने भएका छन्। आइगलन स्कुलका कार्यकारी निर्देशक रिचर्ड म्याकडोनाल्डले नेपालकै न्युन शुल्कमा अध्यपन गराउने स्कुलका एकजना लाई लाने भएका हुन्।

जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना

पाल्पा रामपुर नगरपालिकाका दुई विद्यालयमा भूपू विद्यार्थीद्वारा अक्षयकोष स्थापना गरिएको छ।

स्थानीय कलेजमा विद्यार्थीको मोह

गाउँमै उच्च तहको शिक्षा पाएपछि पछिल्लो समय गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै गएको छ । घरपायकमा क्याम्पस तथा कलेज खुल्न थालेपछि महँगो खर्च गरेर शहरबजारमा बस्नुपर्ने अवस्था कम भएको हो । आफ्नै गाउँठाउँको क्याम्पसमा रुचिअनुसारको विषय पढ्न पाएपछि ग्रामीण भेगका विद्यार्थीमा सहजता थपिएको छ ।

महँगी र कालोबजारी नियन्त्रण गर्न संयुक्त विद्यार्थी संगठनको माग

अनेरास्ववियू पाचौंको कार्यालय रातोपुलमा बसेको विद्यार्थी संगठनको संयुक्त बैठकले चार बुँदे मागसहित संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ।

डेंगी रोगबारे विद्यार्थीलाई सचेत गराइँदै

अमरगढीका विद्यालयहरुमा डेंगी रोग सम्बन्धी सचेतनाका कार्यक्रमहरु गरिदै छन्। विद्यार्थीहरुलाई डेंगी रोगबारे जानकारी गराउनुका साथै सक्रमण फैलनबाट जोगिने उपाय सिकाईदै छ। अमरगढी नगरपालिका स्वास्थ्य शाखाले विद्यार्थीहरुलाई डेंगुको संक्रमणबाट बच्ने उपाय सिकाउन लागेको हो।

स्कूले विद्यार्थीलाई क्याम्पसका विद्यार्थीको सहयोग

विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ।

मेडिकल कलेजद्वारा विद्यार्थीसँग तोकेभन्दा बढी शुल्क

सरकारले काठमाडौं उपत्यकाबाहिरका मेडिकल कलेजले विद्यार्थीसँग ४२ लाख ४५ हजार रुपैयाँमात्र लिन पाउने गरी शुल्क तोकेको छ। तर काठमाडौं उपत्यकाबाहिरका चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेज पोखराले विद्यार्थीसँग सरकारले तोकेभन्दा १० लाख रुपैयाँ बढीसम्म अवैध शुल्क असुली गरेको पाइएको छ।

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ। हेटौँडा– ८ स्थित  चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार वृक्षरोपण गर्दै  कार्यक्रमको शुभारम्भ गरेका हुन्।

विद्यार्थीबाट लिएको बढी पैसा फिर्ता गर्न सहमत

विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शनिबार जिल्ला प्रशासन कार्यालयमा कलेजका विद्यार्थी, अभिभावक, फ्याकल्टी र व्यवस्थापन पक्षबीच भएको छलफलमा यस्तो सहमति भएको हो।

लागुऔषधविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषध विरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ।

शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा

पाल्पाको रम्भा गाउँपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना गराउने गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकामा शैक्षिकसत्र २०७६ मा भर्ना भएका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका एक हजार ५ सय ५ बालबालिका विद्यालयमा भर्ना भएका र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको प्रतिवेदनका आधारमा विद्यार्थी भर्ना गराउने गाउँपालिका जिल्लामा नै पहिलो भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्