१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘रोपाइँ गर्नु कि भोट हाल्नु ?’

स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति मध्य असारमा तोकिएको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान संग्राम राईलाई चित्त बुझेको छैन । ‘मुठी खाएर मुरी उब्जाउने समय’ मा निर्वाचन मिति तोकिँदा खेतीपातीका काम गर्ने धेरै किसान भोट हाल्न नभ्याउने राईको गुनासो छ । ‘असार १४ मा तोकिएको निर्वाचनले किसानलाई असर गर्छ । त्यस बेला सबै किसान धान रोप्न व्यस्त हुन्छन्,’ डाँडाखर्क कृषि बहुउद्देश्यीय कृषि स्रोत केन्द्रका सञ्चालक रहेका राईले भने, ‘धेरैजसो त काम छाडेर भए पनि भोट हाल्न जालान् तर सबै जान्छन् भन्न सकिन्न।’

पूर्वमा उत्साहजनक रोपाइँ

पूर्वाञ्चलमा यो वर्ष ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार भदौ ६ गतेसम्म पूर्वाञ्चलमा ९२.२४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

उदयपुरमा रोपाइँ सकियो, धान उत्पादन बढ्ने अपेक्षा

उदयपुर– यस वर्ष उदयपुरको धान रोपाइँ समयमै सकिएको छ। मनसुन बेलैमा भएका कारण कृषकलाई रोपाइँ गर्न यो वर्ष लामो समय कर्नुु परेन। जिल्ला कृषि विकास कार्यालय उदयपुरले गतविगत वर्षहरुको तुलनामा यो साल खडेरी नलागेका कारण समयमै रोपाइँ गर्न सहज भएको जनाएको छ।

देशभर ९० प्रतिशत धान रोपाइँ

काठमाडौं– देशभर ९० प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि विभागका महानिर्देशक युवकध्वज जिसीका अनुसार उच्च पहाडमा ९२.१९, मध्यपहाडमा ९२.७० र तराईमा ८८.७६ प्रतिशत रोपाइँ भएको छ।

पूर्वाञ्चलमा २२ प्रतिशत रोपाइँ

विराटनगर– पूर्वाञ्चलमा असारको तेस्रो सातासम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। गत वर्ष उक्त अवधिमा २० प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको थियो। यस वर्ष समयमै वर्षाका साथै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले पर्याप्त मलको व्यवस्था गरेकाले रोपाइँमा वृद्धि भएको हो।

छुपुछुपु धान रोपाइँ (फोटो/भिडियो)

असार १५ को दिन बुधबार कृषिमन्त्री हरिवल गजुरेलले गमलामा धान रोपाइँ गरे पनि मुलुकभरिका किसानले खेतमै धान रोपाइँ गरेका छन्। हिमाल, पहाड, तराई सबै भेग किसानले असार १५ मा धान रोपाइँ गरेका छन्। ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले पनि धान दिवस मनाएको छ।

कृषिमन्त्रीको गमलामा धान रोपाइँ

काठमाडौं— कृषिमन्त्री हरिबोल गजुरेलले धान दिवस अवसरमा बुधबार गमलामा धानकाे विरूवा रोपेका छन्। खुमलटार, ललितपुरस्थित नेपाल कृषि अनुसन्धान परिषदमा आयोजना गरिएको एक कार्यक्रममा उनले गलैँचा माथि राखिएकाे गमलामा धानको बिरुवा रोपेका हुन्।

आज १५ असार, किसानलाई रोपाइँको चटारो

छोप्राक– ९ का सुरेश कुमाल मंगलवार भुसुण्डे खोलामा असिनपसिन हुँदै खेतमा आली लगाउँदै थिए । खोप्लाङ ६ का रेशमबहादुर बिक हिलाम्य भएर खेत सम्याएँदै थिए। कुमारी तामाङ ११ जना साथीसँग छुपुछुपु हिलोमा धानको बिउ रोपरिरहेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्