५ मंसिर २०८१ बुधबार
image/svg+xml

रोजगारी सिर्जना गर्न उद्यमशीलता तालिम

पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजनामा आइतबारदेखि पोखरामा उद्यमशीलता तालिम सुरु भएको छ।

महानगरभित्रका २७ सडक स्तरोन्नती हुँदै

पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ।

पोखरामा टाटाको कार मेला

टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दीप मोटर्सको सहकार्यमा कार मेला सुरु गरेको छ। दीप मोर्टस सिप्रदीको पनि आधिकारिक बिक्रेता हो। बिभिन्न स्थानमा गर्दै आएको कार मेला शनिबारदेखि पोखरामा सुरु भएको छ। मेला आइतबारसम्म चल्नेछ। गत वर्ष झै यस वर्ष पनि देशका विभिन्न सहरमा कारमेला आयोजना गरेको आयोजकले बताएको छ।

भण्डारढिक रंगशाला परिसरमा खुला व्यायामशाला बनाइने

पहिलो चरणमा भण्डारढिक रंगशालामा एक सेट जडान गर्ने योजना रहेको उनले सुनाए। ‘अर्कोसेट सामान कहाँ राख्ने यकिन गरिएको छैन।

राष्ट्रिय बिच भलिबल पोखरा हुने

जेठको अन्तिममा साता पोखरामा नेपाल भलिबल संघको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बिच भलिबल हुने भएको छ।नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलनमार्पmत आफ्नो आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा जेठ २३ देखि २५ गतेसम्म सञ्चालन गर्ने जनाएको हो।

दोबिल्लामा पशु वधशाला निर्माण गरिने

पोखरामा अत्याधुनिक वधशाला निर्माण गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराको दोबिल्लामा पशु वधशाला निर्माण गरिन लागेको हो।

ढुंगेसाँघु नजिकै झोलुंगे पुल

पोखरा महानगरपालिका–१७ महतगौंडाको ढुंगेसाँघु नजिकै झोलुंगे पुल निर्माण हुने भएको छ। करिब २७ लाख ५० रुपैयाँको लागतमा बन्ने पुल पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माण तीव्र

पोखरा रंगशालाभित्र फुटबल मैदान बन्दै छ। एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याकसमेत निर्माण गरिने भएको छ। फुटबल मैदान र एथलेटिक ट्र्याक असारभित्र बनिसक्ने जनाइएको छ। कागजी सम्झौताले त्यही भनेको छ। व्यवहारतः भने फरक पाटो रह्यो।

क्रिकेट मैदान संरक्षण र पूर्वाधारमा ९५ लाख प्रस्ताव

क्रिकेटमा नेपालले धेरै फड्को मारिसकेको छ। जिल्ला तहमा क्रिकेटको क्रेज बढ्दै गएको छ। त्यसको पछिल्लो उदाहरण नै क्रिकेट मैदानको धमाधम निर्माण हो।

चितुवाको आक्रमणबाट दुई जना घाइते

पोखरामा आज चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। पोखरा–३० को शिशुवामा र त्रित्याङमा चितुवाको  आक्रमणबाट धरानको सिसुवाका ४५ वर्षीय टीकाबहादुर लिम्बू र पोखरा–३० की ५७ वर्षीया राधिका आचार्य घाइते भएका हुन्।

विश्वविद्यालयमाथि हस्तक्षेपको निन्दा

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र कृषि तथा वन विश्वविद्यालयका सहायक डिन प्रा. विष्णु ओझामाथि गरिएको दुर्व्यवहारको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले निन्दा गरेको छ।

फेवातालमा सिल्ट्रेसन चेक ड्याम निर्माण गरिने

फेवाताल संरक्षणका लागि चेक ड्याम निर्माण गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका मिलेर फेवाताल संरक्षणका लागि सिल्ट्रेसन चेक ड्याम निर्माण गर्ने भएको हो।

फेवाताल संरक्षणमा सहकार्य अभाव

फेवातालको पानीको स्रोतका रूपमा रहेका मुहान क्षेत्रका हर्पन लगायका खहरे खोलामा चेक ड्याम बनाउने भनेर पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षमा सात करोड रुपैयाँ छुट्यायो। आर्थिक वर्ष सकिन अब झन्डै अढाइ महिना बाँकी छ।

‘वीर विक्रम–२’ टोली पोखरामा

फिल्म ‘वीर विक्रम–२’ आगामी जेठ ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मको प्रचारप्रसार गर्दै टोली यतिबेला देश दौडाहाको क्रममा पोखरा आइपुगेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा आउने

गौतम बुद्ध विमानस्थल सन् २०१९ र पोखरा अन्तराष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा ल्याइने भएको छ। सरकारले आफ्नो तीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखरा विमानस्थल २०२१ भित्र सञ्चालनमा ल्याउने बताएको हो। पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ४० प्रतिशत पुरा भएको सरकारले जनाएको छ। निजगढ विमानस्थलको निर्माणकार्य सिघ्र गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्