पोखरामा कुखुरा मासु किलोको चार सय ६० रुपैयाँ
पोखरामा कुखुरा मासुको मूल्य प्रतिकिलो चार सय ६० रुपैयाँ पुगेको छ। व्यवसायीले गुणस्तरीय मासु उपलब्ध गराउने भन्दै अन्य सहरको तुलनामा पोखरामा महँगोमा बेच्ने गर्छन्।
पोखरामा कुखुरा मासुको मूल्य प्रतिकिलो चार सय ६० रुपैयाँ पुगेको छ। व्यवसायीले गुणस्तरीय मासु उपलब्ध गराउने भन्दै अन्य सहरको तुलनामा पोखरामा महँगोमा बेच्ने गर्छन्।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यही माघ २३ गते काठमाडौं–पोखरा मोटर र्याली आयोजना हुने भएको छ।
सांसद खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गरेका छन्।
चिनियाँ पर्यटकको बाक्लो आउजाउ हुने पोखरामा नोवल कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना बढी भए पनि यहाँका अस्पतालले अहिलेसम्म कुनै तयारी थालेका छैनन्। पोखरामा त्यस्ता बिरामी भेटिइनसकेकाले तत्काल हतार गरिहाल्नुपर्ने जरुरी नरहेको अस्पताल सञ्चालक तथा सरोकारवालाहरूको भनाइ रहेको छ।
पोखरालाई पूर्वी सहरसँग हवाई सञ्जालले जोड्ने गरी पोखरा–बिराटनगर रुटमा सिधा हवाई उडानको तयारी भएको छ।
अहिले त पोखराले काँचुली नै फेरेछ। मौसम सफा भएकाले चारैतिर अन्नपूर्ण र माछापुच्छ«ले पर्खाल बनाएर सुरक्षित राखेको छ, पोखरालाई।
सन् २०२० लाई सरकारले ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउने तयारी गरेको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।
पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९:०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन्। हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए।
धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ। गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन। तर, पोखराको लागि भने धरहरा नौलो कुरा हो।
पर्यटन व्यवसायीका अनुसार पोखरामा वर्षमा करिब डेढ लाख भारतीय पर्यटक भित्रिन्छन्। ती मध्ये आधाजति धार्मिक उद्देश्यले भित्रिएका भारतीय पाहुना हुन्छन्।
पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय ‘न्युट्रल भेन्यु’ बनाउन सकिने चर्चा चलेको वर्षौं बितिसक्यो। तर ठोस पूर्वाधार तयार गर्नेतर्फ राष्ट्रिय खेलकुद परिषद् र क्यान चुकिरहेका छन्।
आगामी माघदेखि पोखराकै सेदीमा बि एन्ड बी हाउजिङले १२ तले अपार्टमेन्टको निर्माण कार्य सुरु गर्ने योजना छ । झन्डै वर्ष दिनअघि १७ तले योजनासहित निर्माण सुरु गर्ने तयारी थियो । महानगरपालिकाले स्वीकृति नदिएपछि कम्पनीले १२ तलामा नयाँ डिजाइनसहित निर्माण गर्ने अन्तिम तयारी गरेको छ ।
पोखरामा वर्षेनी आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ।
दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेटको एक मात्र अपराजित टोली चितवन राइनोज र विराटनगर टाइटन्स शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। सतप्रतिशत जितसहित फाइनलमा स्थान बनाएको चितवन आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ।
सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ। मुलुक अहिले नेपाल भ्रमण वर्षको मुखैमा छ। सन् २०२० को पहिलो दिन पारेर सबै प्रदेशमा भ्रमण वर्ष लक्षित कार्यक्रम पनि हुँदैछन्। गण्डकी प्रदेशको राजधानी पोखरामा पनि प्रादेशिक शुभारम्भ कार्यक्रम हुँदैछ।