आर्मी र जावलाखेल च्याम्पियन
जावलाखेल ह्विलचेयर स्पोटर्स र त्रिभुवन आर्मी क्लबले दोस्रो ह्विलचेयर बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन्।
जावलाखेल ह्विलचेयर स्पोटर्स र त्रिभुवन आर्मी क्लबले दोस्रो ह्विलचेयर बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन्।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आज र भोलि दुई दिन हुने प्रतियोगितामा १३ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
जिपी कोइराला स्पोटर्स फाउन्डेसनकी संयोजक तुल्सी थापा शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन्।
असार तेस्रो साताबाट आयोजना हुने प्रकाश दाहाल स्मृति तेस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
नेपालमा दुई वटा शारीरिक सुगठन थिए। अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस महासंघ(आईएफबीबी) र विश्व शारीरिक सुगठन तथा फिटनेस महासंघ(डब्लुएफबीबी) थिए। नेपालमा ती दुवैका संघ थिए। अन्तर्राष्ट्रिय मान्यता प्राप्त र राष्ट्रिय खेलकुद परिषदमा आवद्धता भएको दुई संघलाई एउटै बनाउनुपर्ने आवाज उठ्दै आएको थियो। उठेको आवाज अनुसार एउटै बनाउनुपर्ने राखेपको निर्देशन अनुसार नेपाल शारीरिक सगुठन तथा फिटनेस महासंघ गठन गरिएको छ।
प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ।अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भूपेन्द्र गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।
पोखरामा शुक्रबार पत्रकार सम्मेलनमा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दशैंतिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन हुनुपर्ने बताएका छन्।
श्रीलंकाका ब्याडमिन्टन च्याम्पियन निलुका करुणारत्ने आगामी साताबाट इङल्यान्डमा सुरु हुने कमनवेल्थ गेम्समा सहभागी हुन जाँदै छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा चैत २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगिताका विजेता खेलाडीले नगद २५ हजार, दोस्रो हुने खेलाडीले १५ र तेस्रो स्थानको खेलाडीले जनही नगद १० हजार प्राप्त गर्नेछन्।