११ मंसिर २०८१ मंगलबार
image/svg+xml

टान फुटबलको उपाधि प्रगतिशीललाई

प्रगतिशील युबा क्लबले ओखलढुंगाको बरुणेश्वरमा आयोजना गरेको तेस्रो टान शहिद स्मारक फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। बिहीबार दिउसो भएको फाइनलमा प्रगतिशीलले रुम्जाटार युनाइटेड क्लबलाइ टाईब्रेकरमा ५–३ ले पराजित गर्‍यो। प्रगतिशीलका गोलकिपर रेवती मगरले रुम्जाटारको दुइ पेनाल्टी बचाएका थिए।

उपत्यकामा रगत चरम अभाव

शल्यक्रियाको लागि आवश्यक पर्ने रगत उपलब्ध गराउँदै आएको रक्त सञ्चार केन्द्र (ब्लड बैंक) मा रगतको मौजाद सकिएको छ। चाडपर्वका बेला रक्तदाता उपत्यकाबाहिर गएकाले रगत संकलनमा कमी भएसँगै अभाव बढेको हो। रगत खोज्दै केन्द्र पुग्ने सेवाग्राहीले समयमै रगत पाउन सकेका छैनन्।

इदका अवसरमा दिइएका बलीका कारण ढाकामा सडक रगताम्मे

मुस्लिमहरुको ठूलो चाड मनाउने क्रममा दिइएको बलीका कारण ढाकाका सडकसमेत रगताम्मे हुन पुगेका छन्।

‘रगत नपाए भक्तपुर जानु’

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ । ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो ।

कालिगण्डकी करिडोरको प्रगति २ प्रतिशतमात्रै

पाल्पा– चीनको तिब्बतसम्मको सीमामा व्यापारिक सम्पर्क स्थापित गर्ने लक्ष्य लिएको कालीगण्डकी करिडोरको काम हालसम्म २.०९ प्रतिशत मात्र सम्पन्न भएको छ । वन क्षेत्र, नदी तट तथा धार्मिक तथा पर्यटकीय स्थलमा योजना कार्यान्वयन गर्नु निकै चुनौतीपूर्ण रहेको बताइको छ । यस आर्थिक वर्षमा भने करिडोरको काम तीव्र रुपमा अगाडि बढ्ने भएको छ ।

रगतको आँसु

साउदी अरबका विभिन्न जेलमा सात नेपाली उद्धारको प्रतीक्षामा छन्। रोजगारी सिलसिलामा त्यहाँ पुगेका उनीहरूले चलाएको सवारी दुर्घटनामा कसैको मृत्यु हुँदा वा कामको सिलसिलामै भवितव्यमा परी हत्या भएका घटनामा उनीहरू जेल परेका हुन्। उनीहरूमाथि सडक दुर्घटना गराएर ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएको छ।

ऊर्जा संकट निवारणको प्रगति शून्य

ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक घोषणा भएको पाँच महिना सकिँदासम्म तोकिएका कुनै पनि काम पूरा भएका छैनन्। सरकारको बेवास्ता, ऊर्जा मन्त्रालय तथा सरोकारवाला निकायको गैरजिम्मेवारीका कारण काम लक्षित काम हुन नसकेको हो।

रगतको मूल्य

‘हामी सर्वत्र रगतले जोडिएका छौं’ भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस मनाइएको डेढ महिना नबित्दै नेपाल रेडक्रस सोसाइटीले साउन १२ गते आफ्नो स्वर्णजयन्ती मनाएको छ । बिरामीलाई चौबीसै घण्टा रगत उपलब्ध गराउने सोसाइटीले स्थापनाको ५० औँ वर्षगाँठ मनाइरहँदा यसको सेवा प्रवाहमा भने सन्तोष गर्नसक्ने अवस्था अझै छैन।

बालकको रगत पिउनेलाई मृत्युदण्ड

अमेरिकाको दक्षिणी टेक्सासस्थित एक व्यक्तिलाई १२ वर्षे बालकलाई हत्या गरी उसको रगत पिएको घटनामा दोषी पाइएपछि मृत्युदण्ड दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्