४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एकै दिन दुई गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन्। यीसँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्।

तेस्रो गैंडाकोट महोत्सवको तयारी तीव्र

महोत्सव गैंडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजनामागर्न लागेको बताइएको छ।

गैँडाकोटका तीन हजार रुख काटिने

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ। चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडकमा सडक छेउमा रहेका रुख काटिने भएको हो।

गैंडा सिमेन्टलाई निजीकाे चुनौति

पूर्ण सरकारी स्वामित्वको गैंडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)लाई निजी कम्पनीका सिमेन्टले बजार प्रतिस्पर्धामा चुनौति दिएका छन्।

दुई महिनामा चार गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन्। भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन। निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो। बुढो भएर हिडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैंडा मरेको उनले जानकारी दिए।

गैँडाको अस्थिपञ्जर भेटियो

चितवन राष्ट्रिय निकुञ्जले वर्षातपछि शुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैँडा मृत भेटिएको छ। बर्दा सामुदायिक वनअन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैँडाको अस्थिपञ्जर भेटिएको हो।

गैँडाको आक्रमणमा परी एकको मृत्यु एक गम्भीर घाइते

गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक गम्भीर घाइते भएका छन्। आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

कठिन मोडमा केटो

चोरीसिकारबाट गैंडा नमरे पनि चितवन राष्ट्रिय निकुञ्ज प्राकृतिक कारणबाट गैंडा मर्ने दर ह्वात्तै बढेको छ। प्रमुख बासस्थानमै अस्वाभाविक रूपमा गैंडा मर्नुले संरक्षणमा नयाँ प्रश्न उब्जिएको छ।

गैँडाको आक्रमणमा तीन घाइते, दुई जनाको अवस्था गम्भीर

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन्

चीनमा ‘मितिनी’ र ‘सोल्टी’ सार्वजनिक

नेपालले गत अगस्टमा चीनलाई उपहारका रूपमा दिएको जोडी गैंडा सात महिनापछि सार्वजनिक गरिएको छ। गत शनिबारदेखि साङहाईको पुतोङस्थित वन्यजन्तु पार्कमा सो एकसिंगे गैंडा जोडीलाई सर्वसाधारणका लागि प्रदर्शमा राखिएको हो।

सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु

भरतपुर महानगरपालिका–२३ मा रहेको होटलको सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु भएको छ।  चितवन राष्ट्रिय निकुन्जमा रहेको होटल टाईगर ल्याण्डको सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु भएको हो। आइतबार बिहान करीब साढे चार बजे गैंडा सेफ्टी ट्याङकीमा खसेको थियो।

भारतबाट गैँडा ल्याइयो

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु-याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्