चुनाव तोकिएकै समयमा हुन्छ, सार्नुपर्ने कुनै कारण छैन, हामीलाई कसैले सारौँ भनेको छैन: प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । उनले चुनाव तोकिएकै समयमा हुने मात्र बताइनन् । चुनाव सार्नुपर्ने कुनै कारण नै नभएको पनि दावी गरिन् । अनि आफूहरू अर्थात सरकारलाई चुनाव सार्ने विषयमा कसैले केही नभनेको बताएकी छन् ।

