कास्की २ मा साझा पार्टीबाट केसी उम्मेदवार
आगामी मंसिरमा हुने उपनिर्वाचनमा साझा पार्टीले कास्की–२ मा रजनी केसीलाई उम्मेदवार बनाएको छ। साझा पार्टीको दुईदिनसम्म पोखरामा बसेको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। केसीलाई उम्मेवार चयन गरेको निर्णय पत्रकार सम्मेलन गरेर साझा पार्टीले सार्वजनिक गरेको छ।