जमिनका लागि डढेलो लाउन प्रतिबन्ध
ब्राजिलियन अमेजनमा जमिनका लागि जंगल मास्ने काम यसअघि पनि गैरकानुनी मानिन्थ्यो, यद्यपि यस्तो कानुनको कार्यान्वयन पक्ष कमजोर हुँदा वर्षेनी अमेजन जंगलमा हजारौंको संख्यामा डढेलोको घटना हुने गरेका छन्।
ब्राजिलियन अमेजनमा जमिनका लागि जंगल मास्ने काम यसअघि पनि गैरकानुनी मानिन्थ्यो, यद्यपि यस्तो कानुनको कार्यान्वयन पक्ष कमजोर हुँदा वर्षेनी अमेजन जंगलमा हजारौंको संख्यामा डढेलोको घटना हुने गरेका छन्।
गभर्नरहरुको दबाबपछि यसअघि ब्राजिल सरकारले विदेशी सहयोग नलिने भनेर गरेको घोषणाबाट केही पछि हटेको छ। उसले आफैंले खर्च गर्न पाउने खालको वैदेशिक आर्थिक सहयोग स्वीकार गर्ने बताएको छ।
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गरेका छन्।
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसले चर्चा गरेजस्तो नरहेको’ बताएका छन्।
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसहरूले चर्चा गरेजस्तो नरहेको’ बताएका छन्।
कैलालीको चुरेक्षेत्रमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। कैलालीको चुरेसँगै तराईको वनक्षेत्रमा पनि डढेलो फैलिएको छ। कैलालीमा चुरे र तराईमा गरेर करिब ८० हजार हेक्टर वनक्षेत्र डढेलोले प्रभावित भएको जिल्ला वन कार्यालय कैलालीका सहायक वन अधिकृत भीम ढकालले बताए। ‘कैलालीको जम्मा वनक्षेत्रमध्ये ४० प्रतिशत डढेलोले प्रभावित भएको छ’, उनले भने, ‘धेरै ठाउँमा सबै जलेपछि आगो आफैं निभेको छ।’
कञ्चनपुरमा डढेलोका कारण आठ सय हेक्टर वन क्षेत्रमा नोक्सानी पुगेको छ। चुरे क्षेत्रका वनमा डढेलोका कारण अधिक क्षति पुगेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार हालसम्म भीमदत्त नगरपालिकाको ब्रह्मदेव, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र लालझाडी क्षेत्रका वनमा डढेलो लाग्दा पुनः उत्पादन भएका बिरुवा, चराचुरुंगी, संरक्षित जनावरको बास नासिएको छ।
उदयपुरका प्रायः सबैजसो जंगलमा ३ दिनयता फैलिएको डढेलो नियन्त्रणबाहिर गएको छ। सदरमुकामदेखि पूर्व, उत्तर, पश्चिम र दक्षिणीभेगका अधिकांश वनजंगलमा फैलिएको डढेलो साँझ परेसँगै गाईघाटदेखि प्रष्ट देखिने गरेको छ।
खोटाङस्थित प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोपीडित चार परिवारलाई राहत प्रदान गरेको छ। चैत १ गते स्थानीय गढीथुम्का र काँसेघडेरी सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका रावाबेंसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई कोषले राहत रकम प्रदान गरेको हो।
डढेलोले घर जलेपछि कष्टकर जीवन बिताइरहेका पीडितलाई प्रतिपरिवार ५ हजारका दरले राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्षमा युगसन किरातले बताए।
खोटाङको रावाबेंसी गाउँपालिका–५, दुबेकोल घलेगाउँका गोपाल पाण्डेले जंगलमा लागेको डढेलोले आफ्नो घर खाला भन्ने सायदै सोचेका थिए। शुक्रबार उनी गोठालो गएका थिए। घरमा श्रीमती मात्र थिइन्। स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्यो। बस्तीमा पसेको आगोले गोपाललगायतको घर छिनभरमै सखाप पा-यो।
खोटाङमा जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित सालघारी सामुदायिक वनमा आगो लागेको छ । सामुदायिक वनमा बुधबार दिउँसोदेखि डढेलो लागेको हो।
खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। स्थानीय ढाँडेपाखा–हाँडीखोलास्थित डम्बर्खुशिवालय सामुदायीक बनमा बुधबार दिउँसो १ बजेदेखि सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो।
क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको त्यहाँका अधिकारीले जानकारी दिएका छन्।