२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बम्जन पक्राउ नगरेकोमा संसदमा आक्रोश

राष्ट्रियसभाको बैठकमा ‘अनुयायीलाई बेपत्ता पार्ने र बलात्कारसमेत गरेको’ आरोप लागेका रामबहादुर बम्जनलाई पक्राउ नगरेको विषय उठेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद कोमल वलीले बम्जनबारे विभिन्न प्रमाण बाहिर आउँदा पनि सरकारले किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएकी हुन्।

संसदमा दुईतिहाइ प्रभाव

प्रतिनिधिसभा र राष्ट्रियसभामा दुई अधिवेशन भए, तेस्रो अधिवेशन जारी छ। दुवै सदनको पहिलो अधिवेशन २०७४ फागुन २१ देखि चैत २० गतेसम्म भएको थियो। यसैगरी दोस्रो अधिवेशन वैशाख २३ देखि असोज ११ गतेसम्म चलेको थिए भने तेस्रो अधिवेशन पुस ११ गतेदेखि चालु छ।

शिक्षा आयोग प्रतिवेदन र वाइड बडीमा सांसदको चासो

राष्ट्रियसभा बैठकमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका साथै वाइडबडी जहाज खरिदमा पहिलो किस्ता बुझाउने व्यक्तिको खोजी भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन खोजी गरे भने सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले वाइडी बडी जहाज खरिद प्रकरणमा पहिलो किस्ता बुझाउने व्यक्तिका खोजी गरे।

चार विधेयक विधायन व्यवस्थापन समितिमा

राष्ट्रियसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।  राष्ट्रियसभाको शुक्रवारको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरे।

सत्यनिरूपण विधेयक आज पारित हुँदै

प्रतिनिधिसभाको आज (बुधबार) बस्ने बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक पारित गर्ने भएको छ।

नियम निलम्बन गरी विधेयक पारित

राष्ट्रियसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेलगत्तै नियमावली निलम्बन गरी सो विधेयक पारित गरिएको हो।

संवैधानिक आयोगको नियुक्ति बिधिसम्मत : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संबैधानिक आयोगमा भएको नियुक्ति बिधिअनुसारै भएको बताएका छन्। उनले प्रमुख प्रतिपक्षी दलको नेता पटक पटक उपस्थित नभएपछि कानुनअनुसार पाँच वटा आयोगका अध्यक्ष नियुक्ति गर्ने निर्णय भएको बताए। जिल्ला समन्वय समिति पर्वतको बार्षिक समिक्षामा तिमिल्सिनाले सबैधानिक आयोगको नियुक्तिलाई अनावश्यक हल्ला बनाइएको धारणा राखे।

राष्ट्रियसभाकाे बैठक बस्दै, थप चारवटा विधेयक पेश गरिँदै

राष्ट्रियसभाका बैठक दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित गर्ने तयारी सँगै थप चार वटा विधेयक पेस हुनेछन्।

छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन्। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको हो।

ऐन उल्लंघन गरेपछि भुक्तानीमा समस्या

राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ कार्यकक्षमा राखिएका सामानको अहिलेसम्म भुक्तानी भएको छैन।

राष्ट्रियसभा सदस्य पासवान माथि कुटपिट

राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रवार उनकै गाउँमा कुटपिट भएको छ। कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो।

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिबीच समन्वय गरिने

राष्ट्रियसभाले प्रतिनिधिसभाका समितिले गरेका कामकारबाहीमा सम्भव भएसम्म समन्वय गरेर अघि जाने रणनीति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिका कतिपय क्षेत्राधिकार एउटै भएका कारण सकेसम्म समन्वय गर्ने नभए आआफ्नो तरिकाले अघि बढ्ने निष्कर्ष निकालेको हो।

संसदीय समितिबीच विषय खाेसाखाेस

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरुमा छलफल गर्ने अजेन्डा छनोटको विषयमा होडबाजी चलेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

संघिय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे  र राष्ट्रियसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्