५ आश्विन २०८१ शनिबार
image/svg+xml

शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा

संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ।

मूल्यवृद्धि फिर्ताको मागसहित आयल निगमलाई विद्यार्थीको ज्ञापन पत्र

पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोध गर्दै एमाले सम्बद्ध अनेरास्ववियु र माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले नेपाल आयल निगममा धर्ना दिएाक छन्। उनीहरुले मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन्।

दुई घण्टाको लागि कर्फ्यू फिर्ता

शुक्रबार देखि म्यादी प्रहरीको गोली हानी हत्या गरिएको बिषयलाई लिएर सुरु भएको आन्दोलन हिंसात्मक भएको भन्दै प्रशासनले अनिश्चितकालीन रुपमा लगाएको कर्फ्यू   दुई घण्टाको लागि फिर्ता लिइएको छ।  शनिबार दिउँसो ३ बजे देखि अनिश्चितकालीन रुपमा लगाएको कफ्र्यू राजनीतिक दल, अधिकारकर्मीको पहलमा आइतबार साँझ ६ बजे देखि ८ बजेसम्म दुई घण्टाको लागि फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

राष्ट्रपति भण्डारी अबुधाबीबाट स्वदेश फिर्ता (फाेटाे फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँ फिर्ता भएकी छिन्।

आपूर्तिसचिवले आयल निगमको गाडी फिर्ता गरे

आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपाल आयल निगमले उपलब्ध गराएको विलासी गाडी फिर्ता पठाएका छन् । निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आपूर्तिमन्त्री र सचिवलाई प्रभावित बनाउने ध्येयले उपलब्ध गराएको विलासी गाडी देवकोटाले फिर्ता गरेका हुन् । नागरिक दैनिकले ‘खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव देवकोटा अघिल्लो सातामात्र आपूर्तिमा सरुवा भएर आएका थिए ।

मनमोहन विधेयक फिर्ता गर्न संसदीय समितिको अटेरी

निजी अस्पताललाई प्रतिष्ठानको रुपमा अनुमति दिनेगरी संसद्मा प्रस्तुत मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक फिर्ता गर्ने निर्णय सरकारले गरे पनि संसदीय समितिकी सभापतिले अटेरी गर्दै पत्र लुकाएको पाइएको छ।

कैलाली घटनाका दोषीको मुद्दा फिर्ताले सुरक्षाकर्मीको मनोबल गिरायोः एमाले

एसएसपीसहित ७ सुरक्षाकर्मी र एक शिशुको विभत्स हत्या भएको कैलाली घटनालाई 'राजनीति'को संज्ञा दिएर दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले सुरक्षाकर्मीको मनोबल घटाउने निष्कर्ष एमालेले निकालेको छ। एमालेले मुद्दा फिर्ताले दण्डहीनता संस्थागत गर्ने एवं आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने भन्दै आपत्ति जनाएको छ।

मोर्चाले समर्थन फिर्ताको पत्र सभामुखलार्इ नपठाउने

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निष्कर्षमा अन्ततः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुगेको छ ।

बन्द फिर्तापछि गुल्मीको जनजीवन सामान्य बन्दै

सरकारले प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा आह्वान गरिएको गुल्मी बन्द आज बिहान ११ बजेदेखि फिर्ता भएको छ । गुल्मी बन्दको २०औँ दिनमा आन्दोलन फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेको छ ।

गाेर्खा सैनिक फिर्ताकाे मागसहित प्रर्दशन थालेका विप्लवका कार्यकर्ता नियन्त्रणमा

नेपालमाथि भारतीय हस्तक्षेप र भारतबाट गोर्खा सैनिक फिर्ता गर्न मागसहित विराेध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका करिब १५ जना कार्यकर्तालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे उक्त पार्टीले जनाएकाे छ।

कात्तिकभित्र संविधान संशोधन नभए समर्थन फिर्ताः अध्यक्ष भण्डारी

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष एवम् संघीय गठबन्धनका नेता शरतसिंह भण्डारीले कात्तिकभित्र पनि संविधान संशोधन नभए मोर्चाले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

छठसम्म संविधान संशोधन नभए समर्थन फिर्ताः अध्यक्ष यादव

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाललाई अवसर भएको भन्दै त्यतिबेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

'अनलाइन निर्देशिका फिर्ता लिऊ'

काठमाडौं- अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले नेपाल सरकारले ल्याएको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ ले प्रेस, वाक र अनलाइन स्वतन्त्रता हनन गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्