५ आश्विन २०८१ शनिबार
image/svg+xml

निर्माण व्यवसायीद्धारा आन्दोलनको कार्यक्रम फिर्ता

नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेठ २३ गते सरकारले आफूहरुको मुख्य माग सम्बोधन हुने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराएको हो।

मिडिया काउन्सिल विधेयक विधेयक फिर्ता लिन आग्रह

मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्था हटाउन तीन नम्बर प्रदेशसभामा सांसदहरुले माग गरेका छन्। मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनीहरुले संघीय सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै विधेयक फिर्ता लिई सच्याएर पुनः दर्ता गर्नुपर्नेमा जोड दिए।

विधेयक फिर्ता लिनुपर्छः गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसद्मा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधनसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन्।

आइपीएल खेलेर फर्किए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) खेलेर स्वदेश फर्किएका छन्। आइपीएलमा दिल्ली क्यापिटल्सबाट ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका थिए। उनी आइतबार साँझ दिल्लीबाट काठमाडौं आएका हुन्।

सरकारी डाक्टरहरूकाे आन्दोलन फिर्ता, भाेलिबाटै काममा फर्कने

शनिबार अबेर साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्ता निष्कर्षमा पुगेको छ। सरकारले सरकारी चिकित्सकलाई १५ दिनसम्म समस्या समाधान गरिदिने प्रतिबद्धता जनाएपछि सरकारी डाक्टरले आन्दोलनको कार्यक्रम स्थगित गरेका हुन्।

भेट्टाएको १ लाख रुपैयाँ फिर्ता

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्य कार्कीसहित स्थानीय भद्रभलाद्मीको रोहवरमा अजय र आर्यन (बाबुछोरा)ले नथुनीलाई नगद फिर्ता गरेका हुन्।

विप्लवकाे नेपाल बन्द फिर्ता

नेत्रविक्रम चन्द विप्लव समूहले चैत १६ गते गर्ने भनेको नेपाल बन्द फिर्ता गर्ने निर्णय गरेको छ। नेपाल बार एसोसिएसनको निर्वाचन अन्य कारणहरु देखाउँदै सो समूहले बन्द फिर्ता गरेको विप्लवले जनाएको छ। प्रधानमन्त्री केपी ओलीले सो समूहलाई चैत मसान्तभित्र हतियार बुझाउन र वार्तामा आउन आग्रह गरेका थिए।

पाथीभरा क्षेत्रबाट धमाधम फिर्ता हुँदै मदिरा

सर्वपक्षिय बैठकले पूर्वको पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिराको प्रयोग र बिक्रीबितरण बन्द गर्ने निर्णय गरेसंगै पाथीभरा क्षेत्रका व्यवसायीले आफुसंग रहेको मौज्जाद मदिरा धमाधम थोक बिक्रेतालाई फिर्ता गर्न थालेका छन्।

सम्पर्क कार्यालयमा फर्किए उत्तर कोरियाली कर्मचारी

उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनःफिर्ता पठाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि उत्तर कोरिया र अमेरिकाबीच अन्यौल बढिरहेका समय गत साता प्योङयाङले एक तर्फी रूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो।

अमेरिकाले भेनेजुएलाबाट आफ्ना कर्मचारी फिर्ता गर्ने

अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो।

समर्थन फिर्ता लिएको जानकारी गराउँदै राजपाले माग्यो सरकारको धारणा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी संसदलाई गराएको छ। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक रुपमा जानकारी गराएका हुन्।

स्थायी प्रक्रियामा सहभागि गराउने सहमति पछि राहत शिक्षकको आन्दोलन फिर्ता

राहत शिक्षक र सरकाकारबीच तीन बुँदे सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ। आन्दोलनमा राहत शिक्षकसँगै  बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ता समेत सहभागि रहेका थिए।

राजपाबाट सरकारलाई दिएको समर्थन फिर्ता

सरकार गठन भएको करिब १ वर्षपछि राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। राजपाका सांसद रेशम चौधरीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि आक्रोशित भएका राजपाका नेताहरूले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्