२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने ३ जना पक्राउ

महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ।  परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई अाइतबार पक्राउ गरेको हो।

३३ किलाे सुन तस्करीमा पूर्व डिआइजी निरौला पक्राउ

गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ।

लोडेड पेस्तोलसहित ठमेलबाट एक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी वृत्त दरबारमार्गले लोडेड पोस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। बारा घर भई काठमाडौं बस्दै आएका २० वर्षीय पुकार शिकारीलाई विशेष सुराकीको आधारमा इन्स्पेक्टर बसन्त आचार्यको नेतृत्वको टोलीले ज्याठाबाट पक्राउ परेको हो । शनिबार दिउँसो ठमेल ज्याठाबाट ७.९९ एमएम नामको अमेरिकी पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनलाई हिरासतमा राखेर महानगरीय प्रहरी वृत्त दरवारमार्गले थप अनुसन्धान गरिरहेको छ।

विप्लवका दुई कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ।

गुण्डा नाइके पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको संगठित अपराधमा एमाले माओवादीका युवा नेताहरुको संलग्नता खुल्ने क्रम जारी छ । पुनलाई अपराधिक गतिविधिमा सघाएको आरोपमा प्रहरीले शुक्रबार एमालेको भातृ संगठन युवा संघका केन्दी्रय सदस्य सुजु मल्ललाई पक्राउ गरी सार्वजनिक गरेको हो । युवा संघ रुपन्देहीका इन्र्चाज समेत रहेका मल्ललाई बुधबार साँझ काठमाडौँबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो।

बलात्कारको आरोपामा एक पक्राउ

बलात्कारकाे अाराेपमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नम्बर ३ का विष्णु प्रसाद शर्मालाई पक्राउ गरेको छ।

दीपक मनाङ्गे स्वयम्भुबाट पक्राउ

गुण्डा नाइके एवं प्रदेश ४ का प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट सजायँ पाई फरार रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार साँझ स्वयम्भुबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् विहीबार बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

चोरीधन्दामा संलग्न फुटबलर श्रेष्ठसहित २ पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीधन्दामा संलग्न फुटबलरलाई पक्राउ गरेको छ। केही समयअघि म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टिमका कप्तानसहित केही खेलाडीमाथि मुद्दा चलेको घटना सेलाउन नपाउँदै प्रहरीले चोरी धन्दामा संलग्न भएको आरोपमा ए डिभिजनको सरस्वती क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठलाई विहीबार कपनबाट पक्राउ गरेको हो।

अवैध नेटवर्क व्यवसायको नाममा ठगी गर्ने ७ पक्राउ

अनलाईन ब्यबसाय तथा बिभिन्न माध्यमबाट सर्वसाधरणलाई सदस्य बनाउने भन्दै नेटवर्क व्यवसायको नाममा ठगी गरेको आरोपमा प्रहरीले केही व्याक्तिहरुलाई पक्राउ गरेको छ।

क्यासिनोबाट आठ नेपाली पक्राउ

महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ।

भन्सार छलेर सुनका गहना तस्करी गर्ने पक्राउ

बैदेशिक रोजगारीको शिलसिलामा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

डेढ किलो चरेशसहित वृद्ध पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले १ किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

कालोबजारीलाई डिजेल विक्री गर्ने सञ्चालक पक्राउ

कालोबजारी गर्नेलाई डिजेल विक्री गरेको आरोपमा सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सञ्चालित एक पेट्रोल पम्पका सञ्चालक पक्राउ परेका छन्। प्रहरीले देवानगञ्ज वडा नं. २ मा सञ्चालित गुप्ता आयल टे«डर्सका सञ्चालक अशोक गुप्तालाई सोमबार पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्