२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्।

स्कुटरलार्इ ठक्कर दिएर फरार टिपर चालक पक्राउ

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पलासेमा बुधबार ठक्कर दिई भागेका टिपर चालक पक्राउ परेका छन्।

लापरवाही गर्ने दुई ठेकेदार पक्राउ

सडक निर्माणमा लापरवाही गरेको भन्दै दाङका दुई निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बलात्कारको दुई महिनापछि आरोपित पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

घुस लिएकाे अाराेपमा शिक्षा समन्वय समिति सुनसरीका प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीलाई पक्राउ गरेको छ । सुवेदीलाई ५० हजार घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीक प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए ।

क्यासिनोमा जुवा खेल्ने र खेलाउने पक्राउ

काठमाडौं दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-६ टुसाल बस्ने ६६ बर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

गैरकानुनी रकम उठाउने पक्राउ

मलेसिया जाने कामदारबाट गैरकानुनी रुपमा पैसा असुलेको आरोपमा भिएलएन नेपाल हार्बेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठ पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन्।

इन्जिनियर कुट्ने वडाध्यक्ष पक्राउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मानबहादुर चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिनअघि नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दलाई कुटपिट गरेपछि जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट उनलाई प्रहरीले प्रक्राउ गरेको हो।

बम विष्फोट गराउने एकजना पक्राउ

विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्