२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बालिका गर्भवती बनाएको आरोपमा ४ पक्राउ

सूर्याेदय नगरपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले ४ युवालाई पक्रेको छ। सूर्योदय नगरपालिका ९ का १९ वर्षे अनुप राई, २५ वर्षे अमित राई, २५ वर्षे रूपेन राई र वडा–३ का १८ वर्षे सन्देश राई पक्राउ परेका हुन।

लागू पदार्थसहित ३ पक्राउ

उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट बिहीबार दिउँसो लागू औषधसहित ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले शंका लागि खानतलासी लिँदा चौनपा  ४ का २० वर्षीय मानबहादुर राई, १९ वर्षीय मदन राई र चौनपा ८ का २१ वर्षीय सरोज राईको साथबाट बिभिन्न खाले अवैध लागूऔषध बरामद भएको हो।

त्रिचन्द्र कलेजमा नेवि संघका दुई समूहबीच झडप, ३ घाइते ३ पक्राउ

त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप हुँदा ३ जना सख्त घाइते भएका छन्। कलेजमा संगठनका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले समूहबीच आन्तरिक विवाद रहेको थियो। दुई समूहबीच खुकुरी तथा रड हानाहान भएको प्रहरीले जनाएको छ।

आईपीएल सट्टेवाजमा संलग्न भएको आरोपमा पूर्व फुटवलर केसीसहित ६ पक्राउ

इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गौरब तिवारी, विजय श्रेष्ठ, दिनेश बोगटी, नगेन्द्र सुवाल, भुपेन्द्र कुँवर छन्।

साढे ९ किलो चाँदीसहित रौतहटका व्यवसायी भारतमा पक्राउ

साढे ९ किलोभन्दा बढी चाँदीसहित नेपालका एकजना व्यवसायी भारतमा पक्राउ परेका छन्। रौतहट सदरमुकाम गौरमा सन्नी ज्वेलर्स सञ्चालन गरी बस्ने सुन चाँदी व्यवसायी सन्नी कुमारलाई सीमावर्ती भारतीय बजार बैरगनियाको भारतीय सुरक्षाकर्मीले साढे नौ किलोभन्दा बढी चाँदीसहित आइतबार पक्राउ गरेको हो। भारतीय बजारबाट चाँदी लिएर गौरतर्फ आउँदै गरेका व्यवसायी सन्नीलाई सीमावर्ती क्षेत्रमा खटिएका भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।

किड्नी प्रत्यारोपण गराउने पक्राउ

प्रहरीले किड्नी प्रत्यारोपण गराउने एक जनालाई आइतबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले ललाईफकाई किड्नी प्रत्यारोपण गराएको उजुरीको आधारमा मोरङको विराटनगर उपनगरपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १ डेरा गरी वस्ने वर्ष ५१ का थर्कबहादुर वस्नेतलाई पक्राउ गरेको जनाएको छ।

हत्याका फरार प्रतिवादी पक्राउ

सिरहा कर्जन्हा नगरपालिका ७ का सुपेन्द्र यादव (४५)को हत्यामा संलग्न दुईजना प्रतिवादीलाई आइतबार सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका रामसेवक यादव (५५) र अन्जनी कुमार कुशवाहालाई जिल्ला अदलत सिरहाबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी सार्वजनिक गरेको छ।

२९ महिने नाबालिका करणी अभियोगमा किशोर पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले २९ महिने बालिकालाई करणी गर्न खोजेको अरोपमा एक जनालाई जर्वजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएको छ। करणी उद्योगमा भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका – ५ मझौलेका १४ वर्षीय बालकलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गराई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

अवैध बाटो हुँदै केरुङ पुगेका दुई पक्राउ

अवैध बाटो प्रयोग गरेर चीनको केरुङ पुगेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको चिलिमेका ४२ वर्षीय पुलिस तामाङ र तिब्बतीयन नागरिक १८ वर्षीय फुर्पु छिरिङ रहेका छन्।

नवजात शिशुको हत्या गर्ने दुई पक्राउ

नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन्।

नेपाल तरुण दलका सभापति पक्राउ

नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दी गरेको आरोपमा गुरुङ शुक्रबार राति नौ बजे पक्राउ परेका हुन्।

नेपालीलाई अपहरण शैलीमा लैजान खोज्ने तीन भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

एकजना नेपाली व्यावसायीलाई नेपाली भूमिबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल पुलिसले चार भारतीयलाई नियन्त्रणमा लिएको छ।

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन्। गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

फरार अभियुक्त पक्राउ

करणी गरी फरार भएको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई शुक्रबार पक्राउ गरेको छ ।  भक्तपुरकी एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले ललितपुर महालक्ष्मी नपा–७ बस्ने विक्रम बस्नेतलाई शुक्रबार भक्तपुरबाटै नियन्त्रणमा लिएको हो।

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जोडेर पोष्ट गरेपछि निरौला पक्राउ

विद्युतीय सञ्जाल अपराध (साईबर क्राईम) को आरोपमा उदयपुरका एक पत्रकार पक्राउ परेका छन्। नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा प्रस्तावित उपहार एमएमका निर्देशक सरोज निरौला बिहीबार राति पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्