२० आश्विन २०८१ आइतबार
image/svg+xml

बाँकेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा पनि संक्रमण

बाँकेमा कोरोना संक्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ।

नेपालका ४१ जिल्लामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९१ पुग्याे (अपडेट)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा २७, सर्लाहीमा १३, कपिलवस्तुमा ११, रूपन्देहीमा ११, बैतडीमा ४, सुर्खेतमा ३, दाङ,काठमाडौं, चितवन, बारा, बर्दिया र झापा जिल्लामा १/१ जना गरि शनिबार मात्र ७५ जना नयाँ संक्रमित भेटिएका छन् ।

६६ वर्षीय क्यान्सर विरामीले कोराेनालाई जितेर घर फर्के

कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एकहप्ताको वसाईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कर्णालीमा थप दुई जनामा कोरोना संक्रमण

कर्णालीमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएका दुबै जना बिहीबार भारतबाट कर्णाली भित्रिएका हुन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये दुई जनाको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्दा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रमालयले जनाएको छ। कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए।

बाराका ६ संक्रमित भारतबाट आएका थिए

सिम्रौनगढ नगरपालिकाको क्वारेन्टिनमा रहेका ६ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ। शुक्रबार पुष्टि गरिएको ६ जनासँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ । यस अघि पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको थियो।

कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरोना संक्रमित थपिए

कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरना संक्रमित थपिएका छन्। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान पुष्टि गरेका कपिलवस्तको नौ जना मध्ये बाणगंगा नगरपालिकाका पाँच, मायादेबी गाउपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक जना हुन्।

भक्तपुर नगरपालिकामा 'जनप्रतिनिधिहरुको ३ वर्ष'

भक्तपुर नगरपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि हालसम्म विभिन्न संघसंस्थाहरुबाट १२ लाख बढी नगद र अन्य जिन्सी सामान प्राप्त भएको जनाएको छ । २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्हालेको तेश्रो वर्ष पूरा भएको अवसरमा बुधबार गरेको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको तीन वर्ष विषयमा भएको कार्यक्रममा यो तथ्यांक दिइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्