मानसरोवर गएका ६४४ जना सम्पर्कविहीन, १२७ नेपालीको पनि खबर छैन
कैलाश–मानसरोवर यात्रामा गएका ६४४ जना यात्रुहरु सम्पर्कविहीन भएका छन्।
कैलाश–मानसरोवर यात्रामा गएका ६४४ जना यात्रुहरु सम्पर्कविहीन भएका छन्।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
भोटेकोशी नदी तथा नेपाल-चीन सीमा क्षेत्रमा भएको विपद्का प्रभावितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट प्राप्त विवरणमा नेपालीसहित ७७१ जना उद्धार गरिएको हो।
उद्धार कार्यका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
रसुवामा आएको बाढीपछि खोज तथा उद्धारबाट शुक्रबार बिहानसम्म ४७७ जनाको शव फेला परेको छ भने ९७७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
देशमा विपत्ति अवस्था आएको समय कलाकारहरू एकजुट भएका छन्। धेरैले आफू सक्दो आर्थिक सहयोग गरिरहेका छन्।
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह १२ बजेसम्मको तथ्यांक जारी गर्दै यसबारे जानकारी गराएको हो। प्राधिकरणका अनुसार ९७७ जना सम्पर्कविहीन रहेका छन्।
तिब्बततर्फ पुनः ड्याम फुटेको सूचना आएपछि भोटेकोसी नदी किनारमा उद्धार कार्य प्रभावित भएको छ।
स्वास्थ्य मन्त्रालयले विपद्को परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई बिदा नलिन निर्देशन दिएको छ।
महाशाखाले शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा जारी गरेको सूचनाअनुसार भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुगेको छ।
उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ।
बुधबार भोटेकोशीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरु सम्पर्कविहीन भएका हुन्।