६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेकपा एमाले म्याराथन दौडिने पार्टी हो: अध्यक्ष ओली

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे। अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन, म्याराथन दौडिने पार्टी हो।’

एमालेको सचिवालय बैठक सुरु, चुनावी तालमेल गर्ने विषयमा छलफल हुँदै

बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

जनताले देशको भविष्य बनाउन एमालेलाई जिताउनु पर्छः ओली

आफ्नै गृह क्षेत्रमा भएको सो कार्यक्रममा उनले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गरे। अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उनकाे भनाइ थियो।

गठबन्धन सरकारले राष्ट्रपतिलाई अपमान गर्‍योः ओली

'संविधनाको धारा ८१ अनुसार सरकारले कुनै पनि विधेयक ल्याउनु अगाडि राष्ट्रपतिलाई देखाउनुपर्छ। त्यो कुरा गठबन्धनको सरकारले अस्विकार गर्‍यो। बलज्बती गरेर नचाहिँने कुराहरु साम्मेल गरेर नागरिकता विधेयक ल्याएर राष्ट्रपति समक्ष पठाइयो। राष्ट्रपतिले सुझावसहित फेरि एकपटक विचार गर्न संसदमा फिर्ता पठाएको तर सरकारले अहंकार देखायो।'

एमालेदेखि गठबन्धन कामेको छः ओली

'अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्। त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ र। यो गठबन्धन मरिगए छोड्दैन।'

लोसपाका एक सांसद भित्र्याउन भोलि धनुषा आउँदै ओली

२०७४ सालको आम निर्वाचनमा मधेस प्रदेशमा २ सिट मात्रै जितेका नेकपा एमाले अगामी निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न एमाले अध्यक्ष ओली मधेस दौडहामा लागेका छन्। २०७४ सालको निर्वाचनमा एमालेले मधेस प्रदेशमा रहेको ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुई वटा क्षेत्रमा मात्र जित्न सफल भएको थियो।

प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेको बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः ओली

उनले प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाअभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्मा राख्नु लोकतन्त्रको विरुद्धमा भएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताए। उनले देशलाई प्रत्यायोजित ढंगले गलत बाटोमा लगिएको भन्दै देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिए।

ओलीको आक्रोश: जबराविरुद्धको महाभियोग ६ महिनासम्म चुपचाप लागेर राख्न मिल्छ?

बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदको अधिकार खोसेर मनपरी गर्ने हक सभामुखलाई नभएको बताएका हुन्।

नागरिकले सजिलै उपचार पाउने अवस्थामा देशलाई पुर्‍याउने एमालेको उद्देश्य होः ओली

संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले नागरिक बिरामी हुँदा सजिलै उपचार औषधि पाउने तथा निरोगी भएर बाँच्ने अवस्थामा देशलाई पुर्‍याउने आफूहरुको उद्देश्य रहेको बताए।

सरकार आफैंले खनेको खाल्डोमा परेकाले प्रधानन्यायाधीशले सफाइ पाएका हुन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले प्रहरी लगाएर नजरबन्द गरेको भन्दै आपत्ति जनाएका छन्। उनले सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने बताए।

सत्तापक्षबाट लतारिएर नचल्न ओलीले गराए निर्वाचन आयोगलाई सजग

‘सरकारको बारेमा त मैले केही भन्नु पर्दैन। मंसीर ४ गते जनताले सरकारलाई जवाफ दिनेछन्। गठबन्धनलाई जवाफ दिनेछन्। अरु निकायहरु जसलाई जनताले त्यसरी जवाफ दिन मिल्दैन।'

समग्रमा भन्नुपर्दा संसद् सफल भएको छः अध्यक्ष ओली

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको उल्लेख गरे।

देउवाले ओलीतर्फ इंकित गर्दै भनेः संसद पनि परमादेशबाट आएकाले सँगै बसेर काम गर्ने मौका दियो

‘हुनत हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै मलाई थाहा छ। यो संसद नै परमादेशबाट आएको हो। त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ। धेरै ठूला ठूला विधेयकहरु पास गर्न सकिदैनथ्यो। परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ। यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महशुस गरेको छु।’

नेपाल अरु कसैले चलाउने होइन नेपाली जनताले चलाउने होः ओली

'नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने प्रयास भए। नेपाललाई द्वन्द्वमा फसाउने कुचेष्टा, लोकतान्त्रिक बाटोमा जान नदिने चेष्टालाई हामीले पराजित गरेर देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाएका छौँ', उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्