२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरूलाई गभर्नरकाे आग्रह

नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ।

स्कुललाई डिप्रोक्सको सहयोग

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

वृन्दावन नगरपालिकामा लक्ष्मी लघुवित्त

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको हर्षाहमा ६५औं शाखा सञ्चालनमा ल्याएको छ।

मर्जरमा जान दबाब पर्ने गरी नीति बनाउँदै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले माइक्रोफाइनान्स (लघुवित्त)लाई व्यवस्थित र जिम्मेवार बनाउन नयाँ नीति ल्याइने बताएका छन्। सोमबार हेटौंडामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले लघुवित्तसम्बन्धी १५ वर्ष पुरानो नीति संशोधन गर्न राष्ट्र बैंकले तयारी गरिरहेको बताए।

‘नेपालमा २५ भन्दा धेरै लघुवित्त काम छैन’

सोमबार हेटौंडामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शुभारम्भ गर्दै उनले लघुवित्तसम्बन्धी १५ वर्ष पुरानो नीतिलाई संशोधन गर्न राष्ट्र बैंकले तयारी गरिरहेको बताए।

दुई लघुवित्तको साधारण शेयर बिक्री हुँदै

पछिल्ला दिनमा विभिन्न कम्पनीले साधारण शेयर बिक्री गर्ने क्रम बढेको छ। यसै क्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन्।

इन्फिनिटीको राहत वितरण कार्यक्रम

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको कार्यालय परवानी र प्रसौनी अन्तर्गतका ८१ जना सदस्यको घर परिवारलाई चामल, दाल, चाउचाउ लगायत सामग्री सहयोग गरेको छ।

लक्ष्मी लघुवित्तले ग्राहकको क्षमता बढाउने

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले इलाम र पाँचथर जिल्लाको चारवटा शाखा कार्यालयमार्फत अदुवा र अलैंची खेती गर्न नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम–सहजसँग सम्झौता गरेको छ।

आशाकाे सीपमूलक तालिम

आशा लघुवित्तले सीपमूलक तालिम सञ्चालन गरेको छ। वित्तीय संस्थाले शनिबार र आइतबार तालिम सञ्चालन गरेको हो। संस्थाको सर्लाही नयाँ रोडमा आबद्ध ६० जना महिला सदस्यलाई निःशुल्क रुपमा लुगा धुने सर्फ बनाउने तालिम प्रदान गरेको हो।

लघुवित्तको व्याजले विपन्नमाथि अन्यायः प्रधानमन्त्री ओली

लघुवित्त संस्थाकाे व्याजदर उग्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई नियन्त्रणमा लिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन्।

निर्धन उत्थानको उन्नत बाख्रापालन तालिम

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफना २५ जना ग्राहक तथा अविभावकको सहभागितामा प्युठान जिल्लाको जलुकेमा हालै व्यावसायिक उन्नत बाख्रापालन तालिम दिएको जनाएको छ।

फटकशिलामा नेपाल सेवा लघुवित्त वित्तीय संस्था

सिन्धुपाल्चोकको पटकशिलामा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालनमा आएको छ। शाखा विस्तार कार्यक्रममा लघुवित्तको विभिन्न पदाधिकारी सहभागी भएको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्