२० आश्विन २०८३ मंगलबार
image/svg+xml

गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक : मन्त्री चौधरी

नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको छ।

बाँकेमा चार सय बढीले लिए सुरक्षित गर्भपतन सेवा

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२।८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।

बोलपत्र लुकाउन पत्रिकाको ‘डमी प्रति’ बनाएर भ्रष्टाचार, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक खरिद प्रक्रिया छल्न पत्रिकाको नक्कली प्रति तयार गरी राज्यकोष हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र मिडिया सञ्चालकसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पुराना पुस्तासँग चोट छन्, खत छन्, नयाँसँग समयको गति: एमाले

ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर जारी गरिएको ‘अन्तरपार्टी निर्देशन-३’ मा एमालेले रुपान्तरण, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई पार्टीको पुनर्जागरणसँग जोडेको छ।

आईपीयू सभामा नेपालको आह्वान : जलवायु न्यायका लागि विश्वका संसद् एकजुट बनौँ

सभामुख अर्यालले जलवायु जोखिममा रहेका मुलुकका संसद्‍बीच सहकार्य बढाउँदै विपद् जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्ने प्रस्ताव गरे।

‘पाँच पाण्डव’को पोस्टरमा इभा गिरीको द्रौपदी लुक्स

महाभारतकी द्रौपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा देखिएकी इभाको लुक्सले पोस्टरलाई थप सुन्दर बनाएको छ ।

‘बाढीपछि हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

दरमखोलाको बाढीले बागलुङको गलकोट नगरपालिका–७ मल्मका युवा उद्यमी थापाको रिसोर्टसहित त्यस क्षेत्रमा ल्याएको विपद्को कहर बुझ्न त्यही तस्बिर नै पर्याप्त थियो।

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिने

कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो।

पर्यटन बोर्डले दसैँमा देशैभर लिङ्गे पिङ निर्माण र सञ्‍चालन गर्ने

विशेषगरी पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने व्यवस्था गरिएको हो ।

कांग्रेस महाधिवेशन : महिला उम्मेदवार को को छन् ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला पदाधिकारीतर्फ पाँच जनाले उम्मेदवारी दिएका छन्।

जुम्लामा पहिलोपटक ‘कर्णाली प्रिमियर लिग’ सुरु

खेलकुदसँगै जुम्लाको प्राकृतिक पहिचान र पर्यटनलाई जोडेर उच्च भूभागमा क्रिकेटको नयाँ गन्तव्य विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

चाडबाडमा सुरक्षित यात्राका लागि कपिलवस्तुका नौ स्थानमा नागरिक सहायता केन्द्र स्थापना

दसैँ, तिहार र छठलाई लक्षित गरी आउजाउ गर्ने यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै प्रहरी र ट्राफिक प्रहरीको संयुक्त रूपमा ती कक्ष स्थापना गरिएको हो।

कांग्रेस महाधिवेशन : कुन पदमा कसले दिए उम्मेदवारी ?

निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति पदमा श्यामकृष्ण खड्गीको मात्रै उम्मेदवारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले पुष्पराज पौड्यालमार्फत उम्मेदवारी दर्ता गराएका छन्।

कमला नदीको पुल निर्माण अन्तिम चरणमा

निर्माणाधीन पुललाई आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्