चेतना हराएको मानवता
कोरोना महामारीको त्रासमा रहेको नेपालमा अर्को घटनाले सबैको मन हल्लियो। आँखा रसायो। दुःखलाग्दो अवस्था भयो। कारण थियो– गत जेठ १० मा जाजरकोटका नवराज बिक र रुकुम पश्चिमकी सुष्मा मल्लको प्रेम कहानीबीच भएको हत्या काण्ड।
कोरोना महामारीको त्रासमा रहेको नेपालमा अर्को घटनाले सबैको मन हल्लियो। आँखा रसायो। दुःखलाग्दो अवस्था भयो। कारण थियो– गत जेठ १० मा जाजरकोटका नवराज बिक र रुकुम पश्चिमकी सुष्मा मल्लको प्रेम कहानीबीच भएको हत्या काण्ड।
१९ जना साथी–सहयोगी लिएर जेठ १० गते जाजरकोट भेरी–४ का नवराज विक दुलही लिन रुकुम पश्चिम चौरजहारी–८ स्थित सोती पुग्छन् । नवराजकी प्रेमिका सुष्मा मल्लका बुबाआमा र वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँ नै आक्रमणमा उत्रिन्छन् । नवराज र सहयोगीहरूको भागाभाग हुन्छ । गाउँलेले तीनतिरबाट घेरा हालेका छन् भने अर्काेतिर भेरी नदी सुसाउँदै छ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पश्चिम रुकुमको चौरजहारीमा भएको घटना मानवताविरोधी अपराध भएको बताएका छन् । उनले राष्ट्रिय रूपमै चर्चामा रहेको घटना भएकाले यस घटनामा राज्यको ध्यान पुगेको बताए ।
रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले विरोध प्रदर्शन गरेको छ। रकुममा भएको अमानवीय घटना लगायत देशभरी दलित समूदायमाथि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो।
पश्चिम रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन गरिएको छ। विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका छन्।
रुकुम पश्चिमस्थित चौरजहारी–८ सोतिमा भएको घटनाका विषयमा कर्णाली प्रदेशसभाले संघीय सरकारलाई कानुन बमोजिम आवश्यक अनुसन्धान अभियोजन गर्न उचित पहल गर्न गराउने वातावरण गराउन कर्णाली प्रदेश सरकारका नाममा ‘रुलिङ’ गरेको छ। संविधान, प्रचलित कानुन र प्रदेशको क्षेत्राधिकारअनुसार प्रदेश सरकारका नाममा रुलिङ गरिएको हो।
रुकुम पश्चिम घटनाको विषयमाव सांसदहरुले प्रश्न उठएका छन्। मंगलबार सांसदहरुले घटनाको विषयमा गृहमन्त्रीको जवाफ समेत मागे। संसदमा बोल्दै उनीहरुले रुकुम पश्चिम घटना मानव समुदायलाई लज्जित बनाउने बर्ववर्ताको पराकाष्ट भएको बताए। घटनालाई राजनीतिकरण हुन नदिइ छानविन गर्न उनीहरुले माग गरे। लामो समयदेखि थुप्रै प्रश्नको जवाफ पाए पनि कार्यान्वयन हुन नसकेको भन्दै उनीहरुले दोषीमाथी कडा कारवाहीको माग गरे।
रुकुम पश्चिमको चौरजहारीमा जातीय विभेदका कारण जाजरकोटका दुई जनाको हत्या भएको घटना कर्णाली प्रदेशसभामा प्रवेश गरेको । छैटौ अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिँदै सांसदहरूले उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।