२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

विद्यालयको सम्मानले ज्येष्ठ नागरिक खुसी

नेपाली समाजमा चर्चित भनाइ छ– ‘कर्म गर्नु तर फलको आशा नराख्नु’ । यो भनाई भक्तपुर, च्याम्हासिंहवासीसँग ठ्याक्कै मिलेको छ।

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर विद्यार्थीको सम्मान

एसियन पेन्ट्स नेपालले विभिन्न आर्किटेक्चर विद्यार्थीलाई सम्मान गरेको छ ।कम्पनीले चार वर्षदेखि हरेक बास्तुशास्त्री विद्यार्थीलाई सम्मान गर्दै आएको छ।

उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति र सम्मान

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

अवैतनिक दूत चोग्याल सम्मानित

नेपालका लागि न्युजिल्यान्डका अवैतनिक वाणिज्य दूत तथा पर्यटन व्यवसायी लिजा चोग्याललाई न्युजिल्यान्ड सरकारले सम्मान गरेको छ । नेपालसँगको सम्बन्ध सुदृढ गर्न उल्लेख्य योगदान गरेको भन्दै न्युजिल्यान्ड सरकारले चोग्याललाई ‘न्युजिल्यान्ड अर्डर अफ मेरिट’ सदस्यका रूपमा सम्मानित गरेको हो ।

नागरिककर्मी दाहाल सम्मानित

नागरिककर्मी मणि दाहाललाई नेपाल एस्ट्रोनमिकल सोसाइटीले (नासो)ले सम्मान गरेको छ ।दाहालले विज्ञान तथा प्रविधिका क्षेत्रमा शसक्त कलम चलाएको भन्दै उनलाई सम्मान गरेको हो ।

सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान

एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ।

भ्यान गगलाई सृष्टिको सम्मान

नेदरल्यान्डमा जन्मिएका महान् चित्रकार भिन्सेन्ट भ्यान गगलाई समर्पण गर्दै फिल्म ‘रोमियो एन्ड मुना’ले गीत सार्वजनिक गरेको छ। फिल्मले भ्यान गगका चर्चित पेन्टिङलाई पृष्ठभूमिमा राख्दै सुकमित गुरुङले लगभग १५ वर्षअघि गाएको गीत ‘पल पल’लाई छायांकन गरेको हो। गीतमा सृष्टि श्रेष्ठ र विनय श्रेष्ठले अभिनय गरेका छन्।

लामिछानेलाई यति फ्लोरिङको सम्मान

यति फलोरिङ प्रालिले इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर नेपाल र नेपाली क्रिकेटको शान बढाएका सन्दिप लामिछानेलाई सम्मान गरेको छ ।यतिका निर्देशक अनिल केडियाले एक कार्यक्रमबीच एक लाख नगदसहित लामिछानको सम्मान गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

सन्दिपलाई नगद एक लाख सहित यति फलोरिङ्गको सम्मान

यति फलोरिङ्गले युवा क्रिकेटर सन्दिप लामिछानेलाई सम्मान गरेको छ। इन्डियन प्रिमियर लिग (आइपीएल) खेलेर भर्खर स्वदेश फर्केका लामिछानेलाई फलोरिङ्गले आज विशेष कार्यक्रम गर्दै नगद एक लाख सहित सम्मान गरेको हो।

दुबईमा भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने नेपाली सम्मानित

दुबईमा एक नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता गरेका छन्।

नायिका निता ढुंगानासहित ४ सम्मानित

नेपाली फिल्मकी नायिका निता ढुंगाना चलचित्र पत्रकारिता दिवसको अवसरमा गृहनगर हेटौंडामा सम्मानित भएकी छिन्। चलचित्र पत्रकार संघ मकवानपुरले उनीसहित २ कलाकार र २ पत्रकारसहित ४ जनालाई सम्मानित भएका हुन्।

डा. दीक्षितलाई शान्ति सम्मान

नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, मानवअधिकार तथा नागरिक आन्दोलन र समाजसेवामा सक्रिय भएबापत डा. सुन्दरमणि दीक्षित सम्मानित भएका छन्।

महावीर पुनलाई जापानमा सम्मान

संचार तथा प्रविधि विज्ञ एबम् अनुसन्धानबिद् डा. महावीर पुन जापानमा सम्मानित भएका छन्। पुनलाई ‘वर्ल्ड टेलिकम्युनिकेशन तथा ईन्फर्मेशन सोसाईटी डे’को अवसरमा विहिबार अन्तराष्ट्रिय टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा टोकियोमा भएको ग्लोबल समिटमा सम्मान गरिएको हो।

वर्ष पुरस्कार २०७४ बाट जिसी सम्मानित

पाल्पाली वर्ष व्यक्तित्व पुरस्कारबाट पूर्व जिल्ला विकास समितिका सभापति झपेन्द्रबहादुर जिसी सम्मानित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्