२१ असार २०८१ शुक्रबार
image/svg+xml

वडाध्यक्षद्वारा गाउँमा गस्ती

कोभिड –१९ बाट बच्नका लागि जनजागरण ल्याउन दक्षिणी रसुवाका लाङ्बु तथा थाङ्दोर क्षेत्रमा  जनप्रतिनिधि आफैँले नियमित गस्ती गर्न थालेका छन्।

चोरीका घटना बढेपछि स्थानीयवासीको गस्ती

गत मङ्गलबार तिलोत्तमा नगरपालिका–१५ बिघा क्षेत्रमा रहेको गणेश पाण्डेको घरमा चोरी भयो। घरमा कोही नभएको मौका पारेर नगद रु २० हजारसहित गहना र अन्य सामानसमेत चोरले चोरेर लगे। प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन।

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ ।

प्रहरीले गस्तीमा भेटाएको ५० हजार रुपैयाँ फिर्ता

प्रहरीले भेटाएको आधा लाख रुपैयाँ फिर्ता गरेको छ। कृष्णसार टोलमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले भेटाएको ५१ हजार पाँच सय रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो।

सीमा क्षेत्रमा संयुक्त गस्ती

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन्।

यार्साको चोरी निकासी रोक्न पाटनमै गस्ती

यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ। जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती सुरु गरिएको हो।

अवैध काठसहित बोलेरो बरामद

राष्ट्रिय वनबाट तस्करी गरी सालका काँचो काठ बोलेरो गाडीमा लैजाँदै गरेको अवस्थामा डिभिजन वन कार्यालयको गस्ती टोलीले बरामद गरेको छ। चन्द्रपुर नगरपालिकाको पौराई जंगलबाट तस्करी गरी ल्याइएका काठसहित ना. ३ च ४१२८ नम्बरको बोलेरो पिकअप भ्यान मंगलबार गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

नेपाल भारत सिमाक्षेत्रमा संयुक्त गस्ती

नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका छन्। सिमा क्षेत्रमा हुन सक्ने अवैध कारोवारका तथा अपराधिक कृयाकलाप राेक्न दुई देशका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरेका हुन्।

गाउँमा प्रहरीको साइकल गस्ती

ग्रामीण क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्नका लागि प्रहरीले साइकल गस्ती सुरु गरेको छ। नजिकिँदै गरेको चाँडपर्वलाई लक्षित गरेर गाउँगाउँमा साइकल गस्ती सुरु गरिएको प्रहरीले जनाएको छ।

जिम्बाब्वे निर्वाचन : हरारेमा सेनाको गस्ती

राष्ट्रपतीय निर्वाचनको अति प्रतिक्षित नतिजालाई लिएर जिम्बाब्वेमा राजनीतिक संकट उत्पन्न भएको छ।राष्ट्रपतीय पदका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिकमा ढिलाइ र संसदीय निर्वाचनमा सत्तारुढ जानु–पिएफ दलको बहुमत आउने संकेत देखिएपछि विपक्षी दल मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडिसी)ले प्रदर्शन सुरु गरेका छन्।

त्रिदेशीय सीमा गस्तीमा सशस्त्र प्रहरी

दार्चुलाको उत्तरी त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती सुरु गरेको छ। राज्यको पहुँच नहुँदा हुने गरेको प्राकृतिक स्रोतको दोहन, चोरी सिकारी तथा तस्करीका साथै छिमेकी हस्तक्षेप नियन्त्रण र सीमा अद्यावधिक तथा अपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको टोली त्रिदेशीय सीमा क्षेत्रमा गस्तीमा गएको हो।

महिला गस्तीले टोलमा शान्ति र सुरक्षा

महिलाले रात्रि गस्ती गर्न थालेपछि यहाँका दुई टोलमा शान्ति, सुरक्षा बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरमा महिलाले दुई महिनादेखि रात्रि गर्दै आएका छन्।

सीमामा सुरक्षा गस्ती निरन्तरता, सेना फर्कदा सशस्त्र प्रहरी खटियो

दार्चुलाको उत्तरी सीमा क्षेत्रमा राज्यको पंहुच नहुदा छिमेकी हस्तक्षेप बढ्न थालेपछि अहिले त्यस क्षेत्रमा सुरक्षा निकायको पंहुच बढेको छ। महिना दिन अगाडि भारतीय पक्षबाट सीमानदी महाकाली नदीमा काठेपुल बनाएको र नेपाली भूमि भएर डोजर ढुवानी गरेको सार्वजनिक भएपछि नेपाली सेना त्यस क्षेत्रमा गस्तीमा रहेको थियो।

मानव वेचविखन रोकथामका लागि सीमा गस्ती

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा मानव वेचबिखन ओसार पसार विरुद्ध स्थानीय समितिले कमी ल्याउन सीमा गस्ती गर्न थालेका छन्।

दक्षिण चिनियाँ समुद्रमा गस्ती रोकिँदैन् : अमेरिका

संयुक्त राज्य अमेरिकाले दक्षिण चिनियाँ समुद्र (साउथ चाइना सी)मा गस्ती नरोकिने स्पष्ट पारेको छ। चीनले गस्तीको विरोध गरिरहेका बेला अमेरिकाले नरोकिने प्रतिक्रिया दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्