धरानमा बास्केटबल क्रेज बढ्दो
राष्ट्रिय खेलकुद परिषद्ले धरान १६ स्थित रंगशालामा मिनी कभर्ड हल बनाएको थियो। जसमा तेक्वान्दो, कराते, उसु खेल मात्र प्रशिक्षण गराउन मिल्थ्यो। गत आर्थिक वर्ष २०७५÷७६ मा धरान नगर खेलकुद विकास समितिले थप २० लाख लगानी गरेर सुविधासम्पन्न बास्केटबल कोर्टसमेत बनायो।