भ्याली पब्लिक र बिएनए फाइनलमा
भ्याली पब्लिक र बिएनए पाँचौं स्किब्स सोमबार अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्। भ्याली पब्लिकले हिमालयलाई १५–१० तथा बिएनएले एक्सेल्सियरलाई १२–१० ले पराजित गरे। ग्रिनल्यान्ड पनि ग्रामरलाई २१–२० को साँघुरो अन्तरले हराउँदै सेमिफाइनलमा पुग्न सफल भयो। सेमिफाइनलमा ग्रिनल्यान्डको भेट बिएनएसँग हुनेछ भने भ्याली पब्लिकले युलेन्सको सामना गर्नेछ।