एआइएको दोहोरो जित
अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । सिनियर ब्वाइजमा एआइएले लिटिल फ्लावरलाई १८–४ ले पराजित ग¥यो । एआइएको जितमा ओम प्रकाशले ६ अंक योगदान गरे । जुनियर ब्वाइजमा निश्चल बुढाथोकीको ४ अंक सहयोगमा एआइएले काठमाडौं नेसनललाई १९–४ ले हरायो ।