५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

रेडिअन्ट र निम्स च्याम्पियन

काठमाडौं – आयोजक रेडिअन्ट र निम्सले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्।

दोहोरो उपाधि जितेको निम्स सिनियर ब्वाइज र सिनियर गल्र्समा पहिलो भयो। रेडिअन्टले जुनियर ब्वाइजको उपाधिमाथि कब्जा जमायो। सिनियर ब्वाइज फाइनलमा निम्सले आयोजक रेडिअन्टलाई ५१–४५ ले पराजित ग-यो। निम्सको जितमा रोशन जिम्बाले १५ अंक योगदान गरे।

सिनियर गल्र्सको उपाधि भिडन्तमा संगीता बुढाथोकीको ८ अंक सहयोगमा निम्सले द चाँदबागलाई २३–१४ ले हरायो। जुनियर ब्वाइजमा उपाधि जितेको रेडिअन्टले सेबमाथि २८–२३ को सफलता निकाल्यो। रेडिअन्टका राज रोकाले महŒवपूर्ण १५ अंक जोडे। निर्धारित समयको खेल २३–२३ को बराबरीमा सकिएको थियो। थप गरिएको ३ मिनेटमा रेडिअन्टले जित निकालेको हो।

सिनियर ब्वाइजमा रेडिअन्टका सुवास जिसी, सिनियर गल्र्समा निम्सकी डोल्मा तामाङ र जुनियर ब्वाइजमा रेडिअन्टका राज रोका ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनियर ब्वाइजमा नेपालय, सिनियर गल्र्समा जेसिस इन्टरनेसनल स्कुल र जुनियर ब्वाइजमा मोक्सदाले अनुशासित टिमको उपाधि हात पारे।

प्रकाशित: १४ भाद्र २०७६ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App