९ मंसिर २०८१ आइतबार
image/svg+xml

कर्मचारी नेताले उपसचिव कुटे

नेपाल कम्युनिस्ट पार्टीसँग निकट नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई हातपात गरेका छन्।

मन्त्रीका स्वकीय सचिवद्वारा कर्मचारीमाथि हातपात प्रयास

कार्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढासहितका व्यक्तिहरुले मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात प्रयास गरेका छन्। बुधबार कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीलगायतले सचिवमाथि हातपात प्रयास गरेका हुन्। प्रहरीले तीनै जनालाई पक्राउ गरेर केही समयपछि छोडेको थियो।

प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ।

वडाध्यक्षमाथि हातपात गर्नेलाई मुद्दा

चिचिला गाउँपालिका १ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङमाथि हातपात गर्ने ३ जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। वडाध्यक्ष गुरुङ समेतले दिएको जाहेरीका आधारमा अनिल राई, तारा राई र पुजन राईविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

पत्रकारलाई हातपात गर्नेमाथि कारबाही माग

नेपाल पत्रकार महासंघले ‘टिभी टुडे’का संवाददाता कान्ता गिरी र फोटो पत्रकार दर्शन खत्रीमाथि समाचार संकलनका क्रममा हातपात गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

‘घुसमा कुरा नमिल्दा’ राँगा व्यापारीमाथि हातपात गरेको भन्दै बाटो अवरुद्ध

घुस रकमको विषयमा कुरा नमिल्दा सशस्त्र प्रहरीको टोलीले राँगा व्यापारीमाथि हातपात गरेको भन्दै मोतिसरका स्थानीयहरुले कलैया–वीरगन्ज सडक खण्डअन्तर्गत पर्ने मोतिसरमा बिहीबार बिहान बाटो अवरुद्ध गरेका छन् ।

नगरप्रहरीद्वारा महिलामाथि हातपात

लगनखेलमा दुई महिलामाथि ललितपुर उपमहानगरपालिका अन्तर्गतको नगर प्रहरीले हातपात गरेको छ। सई सुर्वण अवालेले बिहीबार बिहान सडकपेटीमा तरकारी बेचेको भन्दै काभ्रे घर भएकी मञ्जु तिवारी र मैया पाण्डेलाई हातपात गरेका हुन्। प्रहरीको कुटपिटबाट दुवैको ढाड र काँधमा चोट लागेको छ।

तरकारी बेच्न बसेकी महिलामाथि नगर प्रहरीद्वारा हातपात

लगनखेलमा तरकारी बेच्न बसेकी दुई महिलामाथि ललितपुर उपमहानगरपालिका अन्तर्गतको नगर प्रहरीले बिहीबार विहान हातपात गरेको छ। नगर प्रहरीका सई सुर्वण अवालेले तरकारी बेच्न कसेका महिलालाई हातपात गरेको हुन् ।

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतमाथि हातपात

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालामाथि हातपात भएको छ। उपनगरपालिकाका कर्मचारीले कार्यलयमा कार्यरत अधिकृत रामदयाल यादवले कोइरालाको कार्यकक्षमा प्रवेश गरी हातपात गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्