२६ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव

एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ।

मेसीलाई चोटको आशंका

मेसीले यस सिजन १९ गोल गरिसकेका छन्, जुन रियाल मड्रिडका करिम बेन्जेमाले गरेभन्दा पाँच गोल बढी हो । मेसीले यस सिजनमा १२ गोलको अवसरसमेत सिर्जना गरेका छन् ।

टोलीको खेल देखेर क्लोप खुसी

इङ्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुरु हुने योजना अघि बढिरहँदा लिभरपुलले पनि आफ्नो तयारी गरिरहेको छ । क्लोपको टोली लिभरपुल अंकतालिकामा शीर्षमा रहँदा दोस्रो स्थानको टोली म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाइसकेको छ । ३० वर्षपछि लिग उपाधि जित्ने लिभरपुलको अभियान कोरोना भाइरसको महामारी फैलिएसँगै प्रभावित हुन पुग्यो । गत मार्च १३ देखि कोरोना भाइरसको महामारीका कारण प्रिमियर लिग स्थगित छ ।

फिफाद्वारा आयोजकलाई विवेक पुर्याउन आग्रह

फुटबल खेलको नियम बनाउने इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) ले खेलमा खेलाडीलाई कुनै पनि किसिमका राजनीतिक, धार्मिक या व्यक्तिगत स्लोगन तथा वक्तव्य या चित्र देखाउन प्रतिबन्ध लगाएको छ । तथापि फिफाले जातीय विभेदबारे अभियान चलाउने सान्चो, हाकिमी र म्याककेनीविरुद्ध कुनै पनि कारवाही हुनु हुँदैन भनेर सूचित गरेको छ ।

फुटबल फर्काउन जोड लगाउँदै शीर्ष लिग

कठिन परिस्थितिका बावजुद युरोपका ठूला फुटबल लिग फर्काइनुको कारण टिभी राइटबाट प्राप्त हुने ठूलो रकम पनि रहेको विश्लेषण गरिँदै छ । टिभी राइटबाट पाउने आमदानी जोगाउन भए पनि बन्द रंगशालाबीच खेल सञ्चालन गर्न ती लिगले प्रयास गरिरहेका छन् ।

वैकल्पिक ६ फुटबल मैदान तयार

एक अर्ब २८ करोडको लागतमा पोखरा फुटबल मैदान एवं प्यारापिटबाहेक परिषद्ले ६ वटा वैकल्पिक फुटबल मैदान बनाएको हो । तीन वर्षयता राष्ट्रिय खेलकुद परिषद्ले फुटबल मैदानको पूर्वाधार बनाउन झन्डै पाँच करोड रुपैयाँ खर्चिएको छ ।

परिषदको लगानीमा छ वटा बैकल्पिक फुटबल मैदान तयार

पोखरा र आसपासमा छ वटा फुटबल मैदान निर्माण गरिएको छ। राष्ट्रिय खेलकुद परिषदले विभिन्न चरणमा गरी फुटबल मैदान बनाउन बजेट उपलब्ध गराउँदै आएको छ।

बायर्नको जितमा किमिच नायक

उपाधि होडका लागि महत्वपूर्ण मानिएको खेलमा बायर्नले डर्टमन्डमाथि जित निकाल्दै सात अंकको अग्रतासहित लगातार आठौं उपाधिनजिक पुगेको हो ।

बर्नमाउथका गोलकिपरलाई कोरोना

गत साता मंगलबार इङ्लिस प्रिमियर लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना परीक्षणपछि ६ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार थप दुई जनामा कोरोना संक्रमण भएको खबर सार्वजनिक भए पनि ती संक्रमित खेलाडी को थिए भन्ने बताइएको थिएन ।

वेर्नेरको ह्याट्रिकमा लिपजिगलाई सफलता

औसबर्गलाई ३–० को नतिजा सुम्पिएपछि साल्केका प्रशिक्षक डेभिड वाग्नरमाथि भने बर्खास्तगीको खतरा बढेको छ । साल्के पछिल्लो ९ खेलमा जितविहीन छ र त्यस क्रममा टोलीले मात्र दुई गोल गरेको छ ।

नेइमार फर्काउने प्रयास

‘नेइमारलाई बार्सिलोना फर्काउनका लागि विभिन्न चरणमा वार्ता भइरहेका छन् । उनलाई प्रशिक्षण गर्न पाए मेरो जीवनको एक महत्वपूर्ण लक्ष्य पूरा हुनेछ । अहिले लियोनल मेसीलाई प्रशिक्षण गर्न पाउँदा खुसी लागेको छ ।’

जुनमा प्रिमियर लिग सुचारु हुन्छ

इङ्लिस प्रिमियर लिग (इपिएल) का कार्यकारी निर्देशक रिचार्ड मास्टर्सले जुनमा लिग पुनः सुचारु हुनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन् । प्रिमियर लिगका खेलाडीहरूले मंगलबारबाट अभ्यास सुरु गरिसकेका छन् । यद्यपि लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना टेस्टमा तीन क्लबका ६ जनामा पोजेटिभ नतिजा आएको थियो ।

जुन ८ बाट ला लिगा

सरकारको अनुमति पाएपछि स्पेनिस फुटबल ला लिगा आगामी जुन ८ देखि सुरु हुने भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशभित्र कयौं खेल गतिविधि रोकिएको भन्दै त्यसलाई सुचारु गर्न अनुमति दिएपछि ला लिगा निर्धारित जुन ८ मा हुने भएको हो । यससँगै युरोपियन फुटबलमा सिजन फर्काउने ला लिगा दोस्रो व्यावसायिक फुटबल हुने भएको छ ।

‘ए’ डिभिजन लिग तथ्याङ्क सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तथ्याङ्क राख्ने उद्देश्यले पहिलो पटक टेक्निकल ह्यान्डबुक सार्वजनिक गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्