८ आश्विन २०८१ मंगलबार
image/svg+xml

छठ पर्वले सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुने प्रेरणा मिलोस्: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।

यस वर्ष राष्ट्रपतिले लगाइदिइनन् भाइटीका

राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्।

निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहने प्रेरणा मिलोस्ः राष्ट्रपति

उनले राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छिन्।

जोशीको निधनबाट मुलुकले एक अभिभावक गुमायो: राष्ट्रपति भण्डारी

उनले आइतबार बिहान ट्विट गर्दै जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी हुन्।

नवौं राष्ट्रिय खेलकुदको तयारी पूरा

पोखरामा बिहीबार भएको अन्तिम तयारी बारेको पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताए।

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज गरिएकाे अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।

राष्ट्रपति भण्डारी आज डिस्चार्ज हुँदै

अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज डिस्चार्ज हुँदै छिन्।

राष्ट्रपति भण्डारी आज पनि अस्पतालमै रहने

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज पनि अस्पतालमै रहने भएकी छिन्।

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या, त्रिवि शिक्षण अस्पतालमा भर्ना

शुक्रबारदेखि रुघा खोकी र ज्वरो आएपछि उनी अस्पताल भर्ना भएकी हुन्।

राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई दसैँकाे टीका

राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन्। टीका लगाउनको लागि सर्वसाधारण राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए।

राष्ट्रपतिद्वारा बडादसैंको शुभकामना

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी व्यक्त गरेकी छन्।

राष्ट्रपतिद्वारा नव कन्याको पूजा

सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान समेत गरेकी थिइन्।

राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाउने

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ। टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्