९ मंसिर २०८१ आइतबार
image/svg+xml

१८ जिल्लामा कुष्ठरोगी

सन् २०१० मा मुलुकमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगी बढ्दै गएको पाइएको छ। विश्व ६६औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले आइतबार सार्वजनिक गरेको तथ्याँकले नेपालमा पछिल्ला वर्षहरुमा कुष्ठरोगीको संख्या बढ्दै गएको देखाएको छ। तथ्यांकअनुसार १८ वटा जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन।

कर्णालीमा ११४ कुष्ठरोगी

कर्णाली प्रदेशमा ११४ जनामा कुष्ठरोग देखापरेको छ। आर्थिक वर्ष २०७४–७५ मा प्रदेशका १० जिल्लामा कुष्ठरोगी फेला परेका हुन्।

सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला

नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ।

'मनमोहन अधिकारी कुष्ठरोगी थिए'

मनमोहन अधिकारी कहिलेदेखि विरामी थिए भन्ने आधिकारीक तिथिमिति पाइदैन । तथापि उनी लामो समयदेखि बिरामी थिए । अधिकारीले आफूलाई लागेको रोग लुकाउने प्रयास गरेको देखिन्छ । बाहिरी रूपमा रोगलाई लुकाए पनि त्यसले स्वयम्लाई पार्ने प्रभावलाई रोक्न सक्ने स्थिति थिएन । उनी बेला बेलामा उपचारका लागि भारत जाने गरेका भए पनि रोगले क्रमशः कमजोर बनाउदै लगेको थियो ।

कुष्ठरोगका ८८ नयाँ बिरामी

नवलपरासी बर्दघाट–सुस्ता पश्चिम र नवलपरासी बर्दघाट –सुस्ता पूर्व जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन्।

कुष्ठरोगी वृद्धलाई सार्वजनिक बहिष्कार गरी गाउँ निकाला

रौतहट– रौतहटमा एकजना वृद्ध कुष्ठरोगीलाई सार्वजनिक बहिष्कार गरी गाउँबाटै निकाला गरिएको छ। कुष्ठरोग लागेकै कारण रौतहटको बसन्तपटी गाविस वार्ड नम्बर ३ का ६५ वर्षीय इनरदेव रामलाई घरपरिवार र समाजले बहिष्कार गरी गाउँबाट निकाला गरेको हो।

बेलैमा उपचार गरे निको हुन्छ कुष्ठरोग

काठमाडौं- ललितपुर, लेलेकी ५० वर्षीया मन्जु शाहीलाई ७ वर्षमै कुष्ठरोगले छोयो। सुरुमा शरीरमा सामान्य दाग देखिने र चिलाउने समस्या देखिए तर उनी समयमै अस्पताल गइनन्। उल्टै धामी झाँक्री र जडीबुटीको भर परिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्