५ आश्विन २०८१ शनिबार
image/svg+xml

पाकिस्तानमा भारी वर्षा, कम्तीमा २० को ज्यान गयाे

पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण पछिल्लो २४ घन्टामा कम्तीमा २० जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

फागुन अन्तिममा हिमपातः डोल्पाकाे जनजीवन कष्टकर

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा तेस्रो पटक हिमपात भएको छ। शुक्रवार दिउसोबाट परेको अविरल बर्षाका कारण शुक्रवार राति डोल्पामा भारी हिमपात भएको हो। डोल्पामा यो वर्षको पहिलो पटक मंसिरको अन्तिम सातामा हल्का हिमपात भएको थियो।

लेकाली क्षेत्रमा हिमपात

खोटाङको लेकाली क्षेत्रमा हिमपात भएको छ। लेकाली क्षेत्रमा मंगलबार राति असिना पानीसँगै हिमपात भएको हो। जिल्लाको रुपाकोटडाँडा, टेम्के, सेल्मे, साल्पा पोखरी, तावाभन्ज्याङ, पैयाँ, लाली, राखावाङ्देलको माथिल्लो क्षेत्र, खिदिमा, चखेवाभन्ज्याङ, दोर्पाचिउरीडाँडाको माथिल्लो भेग, छितापोखरी, वाप्लुखा लगायतका स्थानको लेकाली क्षेत्रमा हिउँ परेको हो।

हिउँमा फसेका यात्रुलाई सुरक्षाकर्मीद्धारा उद्धार

हिमाली जिल्ला मुगुमा शुक्रबार बिहानदेखि उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार बिहानदेखि चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात र सदरमुकाम गमगडीमा परेको बर्षाका कारण हवाई, तथा सडक यातायात अवरुद्ध हुँदा जिल्लाको जनजीवन कष्टकर बनेको हो।

जुम्लामा हिमपात

जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ। यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो। लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ।

अन्नपूर्ण आधारशिविर पदमार्ग खुल्यो

अधिक हिमपातपछि माघ पहिलो सातादेखि रोकिएको अन्नपूर्ण आधारशिविरि (एबिसी) को पदमार्ग सञ्चालनमा आएको छ।

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।

उपल्लो डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा

उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन्। तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले बताए।

फेरि हिमपातले सास्ती

यातायात तथा सञ्चार अवरुद्ध, चिसोले जनजीवन कष्टकर। न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनको सुझाव।

हिमपातले कर्णालीको जनजीवन कष्टकर (फाेटाेसहित)

कर्णालीमा भारी हिमपात भइरहेको छ। हिमपातका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको छ। कर्णालीको हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लामा हिमपात जारी नै छ।

हिमपातले डोल्पा र जुम्लाको पैदल मार्ग अवरुद्ध

डोल्पा र जुम्लाको सीमा नाका पर्ने जगदुला गाउँपालिकाको मौरे भरभरे र मुडकेचुलाको भालु लेकमा भारि हिउँ जमेपछि दुई जिल्ला बीचको आवतजावत बन्द भएको छ। आवतजावत बन्द भएपछि जुम्ला र डोल्पाको पैदल मार्गबाट आदानप्रदान गरिने हुलाक डाँक सेवा समेत बन्द भएको जिल्ला हुलाक कार्यालय डोल्पाका प्रमुख जयशंकर धितालले बताए।

डोल्पामा भारी हिमपात (फोटो फिचर)

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा दोस्रो पटक भारी हिमपात भएको छ। बुधवार बेलुका देखि परेको बर्षाका कारण बिहीबार राति डोल्पामा भारी हिमपात भएको हो।

हिमपातका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प

रसुवागढी नाकामा बिहीबारदेखि आयात निर्यात ठप्प भएको छ। चीनको केरुङमा बिहीबार बिहानदेखि निरन्तर हिमपात भएका कारण आयात निर्यात रोकिएको हो। हिउँ परेपछि आयात निर्यात रोकिएको केरुङमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलले बताए।

हिमपातका कारण पाकिस्तानमा कम्तीमा ५५ को मृत्यु

खराब मौसमका कारण पाकिस्तान, भारत र अफ्गानिस्तानका अन्य क्षेत्रमा पनि दर्जनौं मानिस मारिएका छन्।

पश्चिमी वायुको प्रभावले पश्चिममा वर्षा र हिमपात

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्