१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘डमी’ दूर्घटनाकाे अभ्यास मंसिर २३ गते, यती विमान दूर्घटना माघ १ गते: उद्दार अभ्यास भने सधै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ‘डमी’ जहाज तयार पारेर दुर्घटना घटाएर उद्धार र आगलागी नियन्त्रणको अभ्यास मंसिर २३ गते मात्र भएको थियो। तर, त्यही उद्धार अभ्यासलाई वास्तविकतामा बदल्ने गरि अघिल्लो साता पोखराको मध्यसहर भएर बग्ने सेतीखोंचमा यती एयरलाइन्सको जहाज खस्यो। काल्पनिक घटनामा उद्धार जति सहज थियो, वास्तविक घटनामा भने त्यो नभएपछि उद्धार क्षमताप्रति प्रश्न उठ्न थालेको छ।

यती एयर दुर्घटनाः फरक अंग भेटिँदा पहिचानमा समस्या

गत आइतबार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा परेका यात्रुको शव पहिचान गर्न निकै नै समस्या परेको छ। अंगभंग भएको अवस्थामा शवका टुक्रा फेला परेकोले व्यक्ति पहिचानमा समस्या भएको प्रहरीले बताएको छ। व्यक्ति पहिचान मात्र नभई कुन अंग कसको भन्ने पनि छुट्याउन नसकिएको प्रहरीले बताएको छ।

यती एयर दुर्घटना: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो। वर्षाैंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नागरिकले प्रश्न उब्जाएका थिए।

यती एयर दुर्घटनाः अझै भेटिएनन् चार यात्रु, ३६ जनाको सनाखत

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको हवाई जहाज दुर्घटनाका ६८ जना यात्रुको शव भेटिएको छ। ती मध्ये ३६जनाको मात्र सनाखत भएको छ। अझै चारजना यात्रु बेपत्ता रहेको प्रहरीले बताएको छ।

दोश्रोपटक पोखरा आउँदै गर्दा जहाज दुर्घटनामा (अपडेट)

आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरको ९एन एएनसी कल साइनको एटिआर–७२ जहाजको यो दोश्रो उडान थियो। बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज पोखरामा १० बजेर ५८ मिनेटमा अवतरण गर्दैगर्दा दुर्घटनामा परेको हो। काठमाडौं–पोखरा हवाई दुरी २५ मिनेट मात्र हो।

‘पश्चिमतिरबाट अवतरणको प्रयास गर्दा दुर्घटना भएको हुनसक्छ’

पोखरा आइतबार दुर्घटनामा परेको जहाजलाई अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एयरट्राफिक कन्ट्रोलरले सुरुमा जहाजलाई रनवे ३–० बाट अवतरण गर्न भनेका थिए। तर, जहाजका क्याप्टेन आफैले रनवे १–२ (पश्चिमबाट) अवतरण गर्ने भनेर अनुमति मागेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्