चिनियाँ कम्पनीले अघि बढायो पोखरा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणको काम
पोखरा अन्तर्राष्ट्यि विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ।
पोखरा अन्तर्राष्ट्यि विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ।
पोखरामा व्यवसायीकरुपमा हटएयर वेलुन उडाइने भएको छ। बेलुन नेपाल प्रालिले पोखरामा यस प्रकारको साहसिक खेल भित्र्याएको हो। बेलुनमा बसेर अन्नपूर्ण हिमश्रृंखला एवमं पोखराको दृश्यावलोकन गर्न सकिने छ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ। ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो।
निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा हुनासाथ त्यही विमानस्थललाई आधार गरी तीन विदेशी गन्तव्यका लागि उडान सञ्चालन गर्ने तयारी बुद्धले तीव्र गतिले अगाडि बढाएको छ । यसका लागि बुद्धले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग छलफल गरेर उपयुक्त जहाजसमेत छनोट गरिसकेको छ ।
पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा बुधबार दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन्।
राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म जोड्ने अत्याधुनिक सुविधा सम्पन्न दुई वटा पर्यटकीय बस सञ्चालनमा ल्याइएको छ। यातायातका साधनमा लामो समयदेखि लगानी गर्दै आएको जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बस शुक्रबार पोखरा र शनिबार काठमाडौँबाट सञ्चालनमा ल्याएको हो।
अलिमियाँ लोकवाङमय प्रतिष्ठानले घटस्थापनाका दिन असोज ५ गते पोखरेलीलाई सुदूरपश्चिमका कवि हेमन्त विवशका कविताको स्वाद चखाउने भएको छ। प्रतिष्ठानले ‘पोखरामा सुदूरपश्चिमको सुवास’ नामक एकल कविता वाचनको मेसो मिलाएको हो।
पोखरा ट्रेड मल चिप्लेढुंगाद्वारा संचालित दशै तिहार उत्सव –२०७४, नगद वर्षा योजना अन्तर्गत साप्ताहिक उपहार लक्की–ड्र मा २६ जना ग्राहकले विभिन्न उपहार जितेका छन्।
काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो।
नागरिक दैनिकको पश्चिमेली (पोखरा) संस्करणको प्रस्तुतिमा चर्चित र सर्वाधिक पुरस्कार राशि भएको सौन्दर्य प्रतियोगिता मिस पोखराको नवौं सिजनको अडिसनबाट १९ जना छनोट गरिएको छ। पोखरा जेसिजको आयोजनामा भएको मिस पोखरामा २७ जनाको सहभागिता रहेको थियो। पहिलो र दोस्रो चरण गरेर आइतबारलाई १९ जना छनोट भएका हुन्।
सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्गन्धित बन्न थालेको छ।
नेपाल रिपब्लिक मिडियाले पश्चिमेली पोखरा र पश्चिमेली बुटबल संस्करणको शनिबार एकैसाथ शुभारम्भ गरेको छ। काठमाडौं, विराटनगर र नेपालगन्जबाट प्रकाशित हुँदै आएको नागरिक यो सँगै राष्ट्रकै सबैभन्दा ठूलो छापा सञ्जाल भएको राष्ट्रिय दैनिक बनेको छ।
५० वर्षअघि पोखराको समथर जमिनमा कि खेत थियो कि बयरघारी र काँसको खरबारी। त्यति बेला लायकको घर हेर्न काहुँडाँडा उक्लनुपर्थ्यो।
बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ ।
चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेको छ। बैंकले चारदिनअघि अर्थमन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन भएको जानकारी दिएको हो।