६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालद्वारा शृंखला क्लिन स्विप

महिला नेत्रहीन क्रिकेटकै पहिलो अन्तर्राष्ट्रिय शृंखलामा नेपालले क्लिन स्विप गरेको छ। पाकिस्तानको इस्लामाबादमा सोमबार भएको पाँचौं तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले पाँच खेलको शृंखला ४–० ले जितेको हो।

इतिहास रचेकाे नेपाली टाेलीकाे स्वागत यस्ताे रह्याे (फाेटाे फिचर)

युएई विरुद्ध ऐतिहासिक एकदिवसीय र टी-२० श्रृङ्खला जितेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ। नेपाली टोलीको स्वागतमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, यूवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत थुप्रै खेल पदाधिकारी र सयौंको संख्यामा खेलप्रेमिहरुको उपस्थिती रहेको थियो।

इतिहास रचेकाे नेपाली टाेलीलाई विमानस्थलमा भव्य स्वागत

युएई विरुद्धको एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली टोली स्वदेश आइपुगेको छ। नेपाली टोली दिउँसो करिब ४ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो।

रंगशालाको डिपिआर निर्माण प्रारम्भ

भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा बनाउन लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण कार्य प्रारम्भ गरिएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशालाको डिपिआर निर्माण कार्य आइतबारबाट सुरु भएको छ।

अन्तिम खेलमा भारत विजयी

भारतले घरेलु टोली न्युजिल्यान्डसँगको पाँच खेलको एकदिवसीय क्रिकेट शृंखला ४–१ ले आफ्नो बनाउँदै आगामी विश्वकपमा उत्कृष्ट हुने संकेत गरेको छ।

नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धी (इतिहास सहित)

क्रिकेट संघ क्यान प्रतिबन्धमा पर्दा समेत नेपालले दुईवटा ऐतिहासिक सफलता हासिल गर्नु ठूलो उपलब्धी रहेको बताउँछन्, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास। क्यान प्रतिबन्धमा रहेको बेला पनि खेलाडीले राष्ट्रका लागि खेल्दै यो सफलता हात पार्नु गर्वको कुरा रहेको दासको भनाई छ। क्यानको विवाद चाडै समाधान भई पूर्वाधार विस्तारमा होस् भन्ने उनको चाहाना दासको छ।

नेपाललाई ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला

नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास रचेको छ। युएई विरुद्धको टी-२० सिरिज नेपालले २-१ ले आफ्नो पक्षमा पारेको हो। यो सँगै नेपालले युएई विरुद्धका दुबै सिरिज आफ्नो पक्षमा पारेको छ।

अन्तर्राष्ट्रिय महिला नेत्रहिन क्रिकेट : एक खेलअगावै नेपाललाई सिरिज

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले एक खेलअगावै सिरिज जित्न सफल भएको छ। घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टी–२० क्रिकेट सिरिजअन्तर्गत आइतवार भएको चौथो खेलमा पाकिस्तानलाई नौ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो।

सिरिजकाे निर्णायक खेल जित्न नेपालद्वारा युएईसामु १ सय ५ रनकाे लक्ष्य प्रस्तुत

नेपालले युएईलाई तेस्रो तथा निर्णायक टी-२० खेल जित्न १ सय ५ रनको लक्ष्य दिएको छ। युएई स्थित आइसिसी एकेडेमीमा वर्षाले प्रभावित हुँदा १० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतीमा १ सय ४ रन जोड्यो।

निर्णायक खेलमा नेपाललाई इतिहास रच्ने अवसर

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार (आज) घरेलु टोलीविरुद्ध तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ।

नेत्रहीन क्रिकेटमा चौधरीको पहिलो अर्धशतक

मनकेसी चौधरी अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बन्दा नेपालले आयोजक पाकिस्तानमाथि तेस्रो ट्वान्टी–२० खेलमा १० विकेटको जित निकालेको छ। यसअघि लाहोरमा भएको पहिलो खेलमा पनि नेपालले घरेलु टोली पाकिस्तानलाई १० विकेटले नै स्तब्ध पारेको थियो भने फैसलाबादस्थित इकवाल स्टेडियममा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।

युएईद्वारा नेपालसामु १०८ रनको लक्ष्य प्रस्तुत, अबिनाशको उत्कृष्ट बलिङ

युएईसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले घरेलु टोलीबाट जितका लागि १०८ रनको लक्ष्य पाएको छ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले जितका लागि १०८ रनको लक्ष्य पाएको हो।

टी–२० शृंखला जोगाउन नेपाललाई जित्नैपर्ने दबाब

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार (आज) घरेलु टोलीविरुद्ध दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सन्दीप जोराको कीर्तिमान

राष्ट्रिय टोलीबाट डेब्यु गरेको साता दिन नबित्दै नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

टी-२० सिरिजकाे पहिलाे खेलमा युएईसँग नेपाल पराजित

नेपाल युएईमा जारी टी-२० सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको छ। युएईले दिएको १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्रै बनाउन सकेपछि २१ रनको हार व्यहोर्न बाध्य भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्