१० कार्तिक २०८१ शनिबार
image/svg+xml

प्रहरी प्रवक्तामा डिआईजी पोखरेल

प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ताकाे जिम्मेवारी डिआईजी विश्वराज पोखरेललाई दिएको छ।

राजधानीका होटलबाट १२५ जना पक्राउ

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो। पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

वरिष्ठता मिचेर सिफारिस

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। राजनीतिक दबाब थेग्न नसकेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रालयले सो पदमा पोखरेलको बढुवा सिफारिस गरेको स्रोतको भनाइ छ। ‘सत्तासीन दलकै नेताहरूको दबाब आएपछि बढुवा सिफारिस गरिएको हो,’ स्रोतले भन्यो।

अपराध नियन्त्रण्मा दुई कार्यालयले समन्वय गर्ने

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले सुरक्षित काठमाडाैं बनाउन आपसी समन्यवमा काम गर्ने बताएका छन्। आइतबार दुई कार्यालका प्रमुखले संयुक्त पत्रकार सम्मेलन गरेर अपराध नियन्त्रणमा एकजुट भएर लाग्ने बताएका हुन्।

पीडितकाे आराेप- 'प्रहरीले बिनाकारण कुटपिट गर्यो'

साहलार्इ पक्राउ गरेपछि अनुसन्धान गर्दा सट्टा बाजीमा उनको संलग्नता नभेटिए पनि उनले प्रहरीको काममा बाधा पु-याई अभद्र व्यवहार गरेकाले मुद्दा दायर गरेको बताए।

जुवातास खेल्ने १३ जना पक्राउ

प्रहरीले छुट्टाछुट्टै घटनामा जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले यही बैशाख २८ गते साँझ काठमाडौं महानगरपालिका १ मैत्रीनगरस्थित पर्साका श्याम कुमार विकले संचालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अबस्थामा नगद ११ हजार ६० सहित काठमाडौं चन्द्रागिरी नगरपालिकाका १५का नवराज विश्वकर्मासहित ४ जनालाई पक्राउ गरेको छ।

हत्या गरेर फरार अभियुक्त नौ वर्षपछि पक्राउ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार व्यक्तिलाई नौ वर्षपछि पक्राउ गरेको छ।

डिआईजी पोखरेललाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेपछि उनलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

नेपाल प्रहरीमा थप दुई ब्यूरो स्थापना

पछिल्लो समय देशैभर बढिरहेको सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखनको घटनालाई लक्षित गरी नेपाल प्रहरीमा थप दुईवटा ब्यूरो स्थापना भएको छ। साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन ब्यूरो स्थापना भएको हो। साइबर अनुसन्धान ब्यूरो भोटाहिटीमा स्थापना भएको हो भने मानव बेचबिखन ब्यूरोको स्थापना बबरमहलमा भएको हो।

राैतहटबाट तीन भारतीय प्रहरी नियन्त्रण

मदिरा पिएर नेपाल प्रहरीलाई हातपात गर्न खोज्ने तीन भारतीय प्रहरीलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।

पुलिसलाई पाथीभरा भलिबल उपाधि

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै साबिक विजेता नेपाल प्रहरीको टोलीले तेस्रो राष्ट्रिय पाथीभरा भलिबलको उपाधि जितेको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुपार्टीमा बिहीबार सम्पन फाइनलमा प्रहरीले आर्मीको टोलीमाथि सानदार जित दर्ता गर्दै तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिसहित नगद ३ लाख ५० हजार ५ सय रुपैयाँ पाएको छ।

पाल्पामा ट्रयाक्टर र माेटरसाइकल आपसमा ठाेक्किँदा एककाे मृत्यु

पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर अापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा४५प ८३६८ नम्बरको मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु३त ७९७२ नं को ट्रयाक्टर ठोक्किएकाे थियाे।

आर्मीलाई हराउँदै पुलिसले जित्यो उपाधि

त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै साविक बिजेता नेपाल प्रहरीको टिमले तेस्रो राष्ट्रिय पाथिभरा भलिबलको उपाधि जितेको छ।

‘प्रहरी नेतृत्वले पूर्वप्रहरी चिनेन’

नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष वसन्तराज कुँवरले प्रहरीको वर्तमान नेतृत्वले पूर्वप्रहरीलाई नचिनेको भन्दै दुःख व्यक्त गरेका छन्।

अर्काको मुखमा दिसा कोच्चाउने महिला पक्राउ

बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्