प्रहरीले माला लगाइदिएपछि चालक छक्क, यात्रु मख्ख
प्रहरीले माला र फूलको गुच्छा दिँदै हिँडेको देखेर आइतबार बिहान गोरखा सदरमुकामबाट काठमाडौं, चितवन, पोखराका लागि छुटेका यात्रुबाहक बसका चालक छक्क परे। नियम अटेर गर्ने चालक, सहचालक र सधैं सिठी फुकेर लखेट्ने प्रहरीबीचको यो दृष्य देखेर यात्रु र अन्य स्थानीय अनौठो मानेर हेरिरहे।