२० आश्विन २०८१ आइतबार
image/svg+xml

चुरे बचाउन जागे विद्यार्थी र वातावरणविद्

त्रिभुवन विश्वविद्यालयमा एमएससी पढ्दै गरेकी अञ्जना कुँवरको हातमा प्लेकार्ड थियो, 'चुरे संरक्षण गरौं, पर्यावरण जोगाऔं।' उनी चुरे बचाऔं भन्दै नारा पनि लगाउँदै थिइन्। उनी चुरे क्षेत्रकै स्थानीय हुन्। आफू जन्मेको उर्वर भूमि उत्खननदेखि जोगाउन र्‍यालीमा आएकी थिइन्। उनीसँगै एमएस्सी पढ्दै गरेका अभिषेक खरेल पनि 'चुरे बचाऔं' र्‍यालीमा सहभागी थिए।

चुरे दोहनमा चोर–पुलिस खेल

चार दिनदेखि जमदह–२ चोरपानेको चुरेक्षेत्रबाट निरन्तर ढुंगा उत्खन्न भैरहेपनि नियन्त्रणकारी निकाय चुपचाप छ। चुरेमै पसेर गैरकानुनी ढुंगा उत्खन्न र निकासी भैरहेको स्थानीयले जानकारी गराउँदा समेत नियमनकारी निकाय कानमा तेल हालेर बसिरहेछ।

चुरे उत्खनन खोल्न दाहालको दबाब

संरक्षणकर्मी र नागरिक समाज चुरे संरक्षण गुरुयोजना कार्यान्वयन हुने विश्वासमा बसिरहेका बेला सरकारले संरक्षणसम्बन्धी विगतका सबै निर्णय उल्ट्याउदै चुरे उत्खनन र ढुंगागिटी, बालुवा, माटोजस्ता प्राकृतिक स्रोत भारत निर्यात खोल्ने तयारी गरिरहेको छ।

मिलेमतोमा चुरे लुटः माफियासँग बिक्यो सरकार

सिरहाको उत्तरवर्ती दमदह–६ चोरपानेस्थित चुरेको भँगालोबाट एस्काभेटर प्रयोग गरी एक सातादेखि वन तथा खोलाजन्य पैदावार(ढुङ्गा, गिट्टी, बालुवा) उत्खन्न र ओसारपसार जारी छ। राष्ट्रिय गौरवको रुपमा रहेको चुरे वनभित्रबाट एस्काभेटर प्रयोग गरेर ढुङ्गा उत्खन्न गरी ट्रयाक्टरबाट निकासी तीव्र भए पनि नियन्त्रणकारी निकाय चुपचाप छ।

सहुलियतका ट्र्याक्टर चुरे दोहनमा

कृषिजन्य कामका लागि भन्दै सरकारी छुटमा किनिएका ट्र्याक्टर चुरे क्षेत्रबाट खुलेआम अवैध रूपमा ढुंगा–बालुवा ओसार्न प्रयोग गरिएको पाइएको छ। तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायत जिल्लामा चुरे दोहन गरी ढुंगा–बालुवालगायत नदीजन्य पदार्थ झिकिँदै आए पनि स्थानीय प्रहरी–प्रशासन मौन देखिएको छ।

ढुंगा–गिटी माफियाले सिध्याउँदै चुरे

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको चुरे क्षेत्रबाट धमाधम ढुंगा, गिटी तथा वालुवको चोरी निकासी तिव्र रुपमा भइरहेको पाइएको छ। माफियाहरुले चुरे तथा राष्ट्रिय वन क्षेत्रवाट अनाधिकृत रुपमा चोरी तस्करी गरी खोला किनार मै चाँग लगाउने कार्य तिव्र रुपमा गरिहेपनि सम्बन्धित निकाय नियन्त्रणको प्रयास गर्न सकेको छैनन्। चुरे क्षेत्रका खहरे, खोला, खोल्सी तथा नदीहरुबाट निर्वाधरुपमा ढुँगा, गिटी र बालुवा अवैध रुपमा तस्करी भइरहेको छ।

चुरे संरक्षणमा खेलाँची

पुरानो उखान ‘भिल्लका देशमा मणि’ नेपालका थुप्रै क्षेत्रमा चरितार्थ हुँदै आएको छ । खेर गइरहेको अजस्र पानी होस् वा उर्वर जमिन बाँझो राखिएको सन्दर्भ अथवा नदीनाला र कतिपय पहाडी शृंखलामा रहेका ढुंगा, गिट्टी अनि बहुमूल्य जडिबुटी, तिनको सदुपयोग गर्न नसक्दा देशको नियति सधैँ ‘गरिब मुलुक’को कोटीमा पर्दै आएको छ ।

थामिएन चुरे दोहन

दुई वर्षअघि सरकारले मुलुकको ३६ जिल्लामा पर्ने चुरे क्षेत्रका गाविस र नगरपालिकालाई 'वातावरण संरक्षण क्षेत्र' घोषणा गर्‍यो। असार १६, २०७१ मा भएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयस्तरीय उक्त निर्णय नेपाल राजपत्र भाग ५ मा प्रकाशित छ। लगत्तै उक्त क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ संकलन, उत्खनन नगर्न सम्बन्धित निकायलाई निर्देशन गरियो।

चुरे भावरद्वारा वार्ता टोली गठन

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ। प्रधानमन्त्री केपी ओलीले चुरे भावर राष्ट्रिय एकता पार्टीलाई वार्तामा आउन आग्रह गर्दै जेठ ३१ गते पत्र पठाएका थिए।

चुरे बस्तीमा भाइरल ज्वरोको प्रकोप

विगत एक हप्तादेखि मौसममा आएको परिवर्तनसँगै रौतहटको चुरे क्षेत्रका बस्तीमा भाइरल ज्वरोको प्रकोप बढेको छ। चुरेफेदीका गाउँमा भाइरल ज्वराको प्रकोप देखिएपनि सरकारी अस्पतालमा औषधिको अभाव भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्