२३ आश्विन २०८१ बुधबार
image/svg+xml

टोनी हागनले देखेको काठमाडौं भक्तपुरमा

नेपालप्रेमी स्वीस भूर्गभशाश्त्री डा. टोनी हागनले खिचेका तस्बिरहरूको प्रदर्शनी भक्तपुरमा सुरु भएको छ। भक्तपुर नगरको गछेंस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले बनाएको टोनी हागन हाउसभित्र फोटोहरुको प्रदर्शनी सुरु गरिएको हो। सोमबार साँझ टोनी हागनकी सुपुत्री केट्रिनाको उपस्थितिमा प्रदर्शनी सुरु भएको थियो।

भक्तपुरलाई चुनाव गर्न निर्देशन

भक्तपुरका तीनवटा क्लबले जिल्ला फुटबल संघमाथि दायर गरेको मुद्दा फिर्ता लिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला संघलाई यही चैत २७ भित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ।

भक्तपुर रेडक्रसको बजेट तीन करोड

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३आै जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५-७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ ।शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५-७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो।

भक्तपुरमा कुकुर बन्ध्याकरण सुरु

भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगरका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान थालेको छ ।

भक्तपुरको नागपोखरीमा आगलागी

भक्तपुरको नागपोखरीस्थित एउटा फर्निचर उद्योगमा आइतबार आगलागी भएको छ । स्थानीय बाबुकाजी शिल्पकारले संचालन गरेको फर्निचर उद्योगमा अचानक लागेको आगोलागीबाट १० लाख बराबरको धनमाल तथा जिन्सी सामानहरूको क्षति भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि भक्तपुरका दुवै सडक बन्द

मिनिट्रकको ठक्करबाट आज बिहान मृत्यु भएका पीडितका परिवार र आफन्तले दोषीलाई कारबाहीको माग गर्दै भक्तपुरका मुख्य दुई सडक बन्द गराएका छन्।

भक्तपुरमा बलात्कारका तीन घटनाका तीन आरोपी पक्राउ

प्रहरीले बलात्कारको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न मितिमा भएको बलात्कारको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरेको हो।

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।

भक्तपुरको वैकल्पिक सडक विस्तार शुरु

काठमाडौँ र भक्तपुरको सिमाना रहेको जडीबुटीदेखि भक्तपुरको जगाती जाने वैकल्पिक सडकका रुपमा रहेको पेप्सीकोला, सानोठिमी, बाहाखा बजार, मध्यपुरथिमि हुँदै भक्तपुर जोड्ने खस्याङखुसुङ पुलसम्मको सडक विस्तार गर्ने कार्य शुरु भएको छ।

हेटौंडा राजधानी तोकेपछि भक्तपुरमा आन्दोलन

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडालाई बनाएको भन्दै विहीबार भक्तपुरमा पनि विरोध भएको छ। बाम गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एमाले नेता महेश बस्नेतको अगुवाईमा विरोध सुरु भएको हो।

भक्तपुरमा माटो व्यावसायीको हत्या

भक्तपुरमा बुधबार बिहान एक व्यवसायीको हत्या भएको छ। माटो व्यवसायी रहेका चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जीर्ण छ भक्तपुरको रानीपोखरी

पोखरीभरि सङ्लो पानी, किनारामा आराम कुर्सी र छेउछाउमा ढुंगे मूर्तिहरू । कुनै बेला यस्तै थियो, भक्तपुर सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरीको दृश्य । अहिले भने यो पोखरीको दृश्य फेरिएको छ।

पर्यटक तान्दै भक्तपुरको रानीकोट

भक्तपुरको रानीकोट क्षेत्र पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । सूर्यविनायक नगरपालिका–७ रानीकोटमा दैनिक आन्तरिक पर्यटक आउन थालेको स्थानीयले बताए । भक्तपुरको सूर्यविनायकबाट दक्षिणको पहाडमा रहेको यो ठाउँंको मुख्य विशेषता भनेकै उच्च भूभागमा रहनु हो । उच्च पहाडी क्षेत्रमा परेकोले यहाँंबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।

भक्तपुर प्रहरीको प्रशिक्षण कक्ष र सभाहल उद्‌घाटन

नागरिक समाजका अगुवा तथा साहित्यकार तेजेश्वरबाबु ग्वंग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी आयुक्त जय बहादुर चन्दले संयुक्त रूपमा महानगरीय प्रहरी परिसर, भक्तपुरको नवनिर्मित प्रशिक्षण कक्ष तथा सभाहलको उद्‍घाटन गरेका छन् ।

भक्तपुरमा एक महिने माधवनारायणको व्रत सुरु [फोटो फिचर]

भक्तपुर हनुमानघाटमा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिने श्री माधवनारायणको व्रत चल्दै आएको छ । स्वस्थानी व्रतकथाका क्रममा भक्तपुर नगरपालिका–६ हनुमानघाटमा हुने एकमहिने माधवनारायण व्रत लिएकाहरू हरेक बिहान फरकफरक स्थानका सडकमा गुडुल्किएर हिँड्ने गर्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्