३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा माटो व्यावसायीको हत्या

भक्तपुर – भक्तपुरमा बुधबार बिहान एक व्यवसायीको हत्या भएको छ। माटो व्यवसायी रहेका चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

बुधबार बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। 

मृतक सैंजूको टाउको पछाडि गम्भीर चोट रहेकाले ढुंगाले हानेर हत्या गरिएको आशंका गरिएको छ। 

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको थप अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ।   (रासस)

प्रकाशित: ३ माघ २०७४ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App