२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

किक बक्सिङका खेलाडी सम्मानित

काठमाडौं जिल्ला किक बक्सिङ संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।

बक्सर घिमिरेलाई उपाधि

नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’ को उपाधि जितेका छन्।

किक बक्सिङका कांस्य विजेतालाई बधाई

एसियाली किक बक्सिङ च्याम्पियनसिपका कांस्य विजेता दिवान्स श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार बधाई दिएका छन्।

कराते टोली भुटानतर्फ

भुटानमा आयोजना हुने पाँचौं दक्षिण एसियन किक बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो-क्योकुसिन करातेको टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्‍यो।

बाग्मती प्रदेशलाई उपाधि

बाग्मती प्रदेशले मंगलबार मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो।

रोशन र बुद्धलाई स्वर्ण

प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले स्वर्ण जितेका छन्।

हिमालयन चितुवा केवन किक बक्सिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्ने

विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उनी पहिलो ‘बक्सर’ हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्