एसियाली किक बक्सिङ च्याम्पियनसिपका कांस्य विजेता दिवान्स श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार बधाई दिएका छन्।
त्रिपुरेश्वरस्थित आफ्नै कक्षमा भेट गरी सदस्यसचिव घिसिङले दिवान्सलाई सफलताका लागि बधाई दिएका हुन्। डिसेम्बर १० देखि १८ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५७ केजीमा दिवान्सले २ राष्ट्रका खेलाडीलाई हराउँदै कांस्य जिते।
उनले कम्बोडिया र चाइनिज ताइपेईका खेलाडीलाई पराजित गरे। त्यसपछि दिवान्स इरानका खेलाडीसँग चुकेका थिए। नेपालबाट पुरुष ८० केजीमा प्रतिस्पर्धा गरेका सन्जित शाही भने पहिलो चरणमै काजकिस्तानका खेलाडीसँग पराजित भए।
प्रकाशित: ९ पुस २०७९ ०१:३७ शनिबार