९ असार २०८१ आइतबार
image/svg+xml
खेल

कराते टोली भुटानतर्फ

भुटानमा आयोजना हुने पाँचौं दक्षिण एसियन किक बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो-क्योकुसिन करातेको टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्‍यो।

टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राखेपमा बिदाइ गरे। भुटान जाने टोलीमा ३ अफिसियल र ६ खेलाडी गरी कुल ९ जना छन्।

संघका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा रहेको टोलीमा जगतबहादुर धामी, कसिसकुमारी क्षेत्री, सिवानी श्रेष्ठ, कविन देसार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुइटेल खत्री र दलबहादुर घले रहेका छन्।

भुटानको फुएनसोलिगमा अगस्ट २० र २१ गते हुने च्याम्पियनसिप निन्जा स्पोर्टस फेडेरेसन र इन्टरनेसनल स्पोर्टस गेम्स फेडेरेसनको संयुक्त आयोजनामा हुने अध्यक्षा श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ३ भाद्र २०७९ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App