९ आश्विन २०८१ बुधबार
image/svg+xml

आफूविरुद्ध गलत प्रचार गरेको भन्दै महेश बस्नेतले साइबर व्यूरोमा उजुरी गर्ने

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय चुनाव अघि उम्मेदवार मनोनयन दर्ता गर्ने समयमा माओवादी कार्यकर्ताहरु टिकटको कुरालाई लिएर आफैं आफैं बीचमा कुटपिट गरेको भिडियो सार्वजानिक गरी महेश बस्नेतलाई लखेटियो भन्ने भ्रम फैलाएकाले त्यसको कानुनी उपचार खोजिने बताएका हुन्।

मुखले सम्झाउँदा मानेनन भने हात,गोडा केकेले सम्झाउने हो सम्झाउनुहोसः नेता महेश बस्नेत

‘नेताहरुलाई कुकुरको माला लगाइदिएका छन्। कुकुरको टाउको जोडिदिएका छन्। त्यो भन्दा तीन गुणा बढी गाली गर्नुस, तपाईहरले। त्यो गरे वापत केही भयो भने हामी तपाईहरुको संरक्षण गर्छौ’, उनले भने, ‘सकभर मुखले सम्झाउनुहोस, मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस। परेको कुरा पार्टीले व्यहोर्छ।‘

अपवित्र गठबन्धनले देश र पार्टीको हित गर्दैनः काँग्रेस सांसद चौधरी

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली काँग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरिन्।

विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउनुपर्छः सांसद विश्वकर्मा

सांसद विश्वकर्माले सम्बन्धित दुतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गरिन्। उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरे।

गठबन्धन दलबीच सहमतिमै उम्मेदवार: नेता श्रेष्ठ

'राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार ज–जसले जहाँबाट जितेको छ त्यहीँबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ–१ मा मेरो दाबी स्वभाविक हो।'

विधेयक पीडितलाई न्याय दिने गरी आएको होइन: प्रेम सुवाल

मंगलबारको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले विधेयक पीडितलाई न्याय दिने गरी नआएको बताएका हुन्।

ओली–रिजालबीच अर्थपूर्ण भेट

कांग्रेस नेता एवं सांसद डा. मीनेन्द्र रिजालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निजी निवास बालकोट पुगेर भेट गरेका छन्।

काँग्रेस नेता गिरिको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म

आर्यघाटमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन्। नेपाल प्रहरीको एक टुकुडीले उनको सम्मानमा सलामी अर्पण गर्नेछ।

कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई सम्मान

सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छः विश्वप्रकाश शर्मा

‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्‍यो। राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरवारबाटै हुुनुपर्छ। मैले त भन्ने गरेको छु–राजनीतिलाई दुश्मनीको रुपमा पनि लिनु हुन्न।’

गण्डकी र प्रदेश १ का सांसदलाई बजेट नबाँड्न आयोगको निर्देशन

निर्वाचन आयोगले प्रदेश १ र गण्डकी प्रदेशलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत कार्यविधि बनाएर सांसदलाई बजेट नबाँड्न निर्देशन दिएको छ।

राष्ट्रपतिले उठाएका विषय महत्वपूर्ण छन्ः गगन थापा

थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन्। उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे। उनले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताए।

माओवादी सांसदले भनिन्, ‘राष्ट्रपतिले विवेक प्रयोग गर्नुभएन’

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्। उनले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताइन्। सांसद बिशंखेले संसदमा भएका सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिइन्।

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक च्यातेर देखाउन बाँस्कोटाको चुनौती

‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन। पछि यसका दूरगामी परिणाम देखिन्छन्। नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिंग हेरेर हुँदैन।'

नागरिकताको विषयमा गठबन्धनले घोषणा गरेर हुँदैन: भीम रावल

आज प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्। राष्ट्रपतिले नागरिकता विधेयक संसदमा फिर्ता पठाएर राष्ट्रियताको रक्षा गरेको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्