९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

अपवित्र गठबन्धनले देश र पार्टीको हित गर्दैनः काँग्रेस सांसद चौधरी

फाइल तस्बिर।

नेकपा काँग्रेसकी सांसद पार्वता जिसी चौधरीले माओवादी र काँग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हित नगर्ने बताएकी छन्।  

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली काँग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरिन्। उनले प्रधानमन्त्री देउवालाई काँग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गर्न सुझाव दिइन्। सांसद चौधरीले आगामी निर्वाचनमा काँग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताइन्। प्रधानमन्त्री देउवालाई जीवनको अन्तिम समयमा एउटा राम्रो काम गर्न भन्दै राम्रो काम नगरे भावी पुस्ताले सराप्ने उनले बताइन्।

प्रकाशित: १३ भाद्र २०७९ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App