५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान पोखरा–वनारस रुटमा

अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरादेखि भारतको वनारससम्म हुने भएको छ। निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले पोखरा–वनारस रुटमा पहिलो उडान भर्ने तयारी गरेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान आन्तरिक की अन्तर्राष्ट्रिय?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि संचालनमा ल्याउने तयारी नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) को छ। विमानस्थल संचालनमा आउने दिन नजिकिँदै जाँदा एउटा बहस भने पोखरेलीबीच सुरु भएको छ। त्यो बहसको विषय हो–पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको सुरुवात आन्तरिकबाट थाल्ने वा अन्तर्राष्ट्रिय उडानबाट?

पोखरा–काठमाडौं पहिलो उडान बिहान सवा ६ बजे नै

हवाई क्षेत्रको नियमानकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौंको आन्तरिक पार्किङमा जहाज राख्ने ठाउँ अभाव भएको कारण देखाउँदै मोफसलका विमानस्थलमा ‘नाइट स्टप’ गर्न निर्देशन दिएपछि बुद्ध र गुण एयरलाइन्सले पोखरामै जहाजको रात्रीकालिन विश्राम गराउन थालेका छन। पार्किङ गरिएका जहाजबाट बिहान सवा ६ बजे नै पोखराबाट काठमाडौंका लागि उडान हुन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्