८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पाथीभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता

तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वैशाख तेस्रो सातादेखि ताप्लेजुङमा हुने भएको छ।

ताप्लेजुङ प्रहरीद्वारा १२५ थान हतियार संकलन

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले करिव महिना दिनको अवधिमा १ सय २५ थान हतियार संकलन गरेको छ।

पाथीभरा मन्दिरबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ को अवस्था गम्भीर

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कदै गरेका यात्रु सवार गाडी मध्य राती सुकेटार क्षेत्रमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ५ जनालाई उपचारका लागि झापातर्फ पठाइएको ताप्लेजुङका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

सडक खन्ने क्रममा स्काभेटर पुरिएर चालकको मृत्यु

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ५ पेदाङमा निर्माण भइरहेको सडक खन्ने क्रममा माथिबाट चट्टान खस्दा स्काभेटरसंगै चालक पुरिएर मृत्यु भएको छ। मेसिनसहित पुरिएर मृत्यु हुनेमा रामेछापका २४ बर्षीय बीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए।

विप्लवको निशानामा ताप्लेजुङका जनप्रतिनिधि

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले ताप्लेजुङका जनप्रतिनिधिहलाई निशाना बनाएका छन्। यहाँका जनप्रतिनिधिलाई फोन गर्दै उनीहरूले ‘सहयोग’का लागि दबाव दिने गरेका छन्।

एसइई परीक्षार्थीलाई इमेलबाट प्रश्नपत्र

आफ्नो परीक्षा केन्द्र भूलेर अर्को परीक्षा केन्द्रमा पुगेका ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ३ सिकैचाका १६ जना विद्यार्थीलाई इमेलबाट प्रश्नपत्र पठाई माध्यमिक शिक्षा परिक्षा (एसइई) को परीक्षा दिन लगाइएको छ। सदरमुकाम ताप्लेजुङबाट प्रश्नपत्र इमेल गरेर पठाई परीक्षा गराइएको हो।

नेकपाले टुङ्ग्यायो ९ स्थानीय तहको नेतृत्व

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तह एकीकरण कार्यदलको बैठकले ताप्लेजुङका ९ स्थानीय तहका पार्टी कमिटीका ४ मुख्य पदमा सहमति जुटाएको छ। सहमति जुटाउन ताप्लेजुङबाट इटहरी ओर्लिएको एकीकरण कार्यदलले इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवमा रहने व्यक्ति माथिल्लो कमिटीमा सिफारिस गरेको हो। तर कार्यदलले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन्।

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : एकै दिनमा फर्कियो जाँचबुझ टोली

गएको फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा काठमाडौं फर्किएको छ।

पाथीभरामा भेटिएका रविन्द्र

ताप्लेजुङ, फुङलिङको गलेश्वर शिवालय मन्दिरमा आयोजित ‘विश्व शान्ति श्रीमद्भागवत ज्ञान महायज्ञ’मा फागुन १४ गते धार्मिक प्रवचनको संयोग मिल्यो। प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा प्यूठान, स्वर्गद्वारीका फलहारी बाबा लोकनाथ कश्यप, मेरी श्रीमती रत्नमाया, कान्छा सुपुत्र नोबाहाङ समेत थियौं कार्यक्रममा।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाबारे जाँचबुझ आयोगले आजबाट काम थाल्दै

गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको सिस्नेखोलास्थित तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका बारेमा जाँचबुझका लागि सरकारले गठन गरेको समितिले बुधवार (आज) बाट काम थाल्ने भएको छ।

ताप्लेजुङमा तीन दिनमा ३ जना मृत फेला

पछिल्लो तीन दिनमा ताप्लेजुङमा ३ जना मृत अवस्थामा भेटिएका छन्। ति मध्ये एक जनाको भने अस्थिर पञ्जरमात्र फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुका ५८ वर्षीय सुर्यमान पन्दाक मृत भेटिएका हुन्।

फुङ्लिङ बजारमा सवारी दुर्घटना

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा शनिवार बिहान ९ बजे  भएको सवारी दुर्घटनामा परी १ महिला सिकिस्त घाईते भएकी छन्। उनलाई उपचारका लागि जिल्ला अस्पतामा भर्ना गरिएको छ।

अधिकारीसहित ६ को अन्त्येष्टि

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सातमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ। मन्त्री अधिकारीको उनको गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

आज टुँडिखेलमा श्रद्धाञ्जली

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितलाई श्रद्धाञ्जली दिन शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा शव राखिने भएको छ। पोस्टमार्टम गर्न बिहीबार समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार बिहान सारिएको हो।

हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी

ताप्लेजुङको पाथीभरा मन्दिर आसपासमा बुधबार मध्याह्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान लिएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेका छन् । स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर एक्कासि भुइँमा झरेको बताएका छन् । बढी वजन, गलत बाटो र हावाहुरीका कारण करिब ३ हजार मिटर उचाइको तारेभीरमा जहाज ठोक्किएको अड्कल गर्नेहरु थुप्रै छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्