२३ आश्विन २०८१ बुधबार
image/svg+xml

संसोधन प्रस्ताव पक्षमा एमालेले मतदान गर्छः देउवा

‘सबैदलसँग छलफल गरेर प्रस्ताव दर्ता गरिएकाले अहिले जे देखिए पनि मधेसी मोर्चा र एमालेले पनि पक्षमै मतदान गर्छन्।’ प्रदेश छुट्याएको भन्दै आन्दोलनमा उत्रेकाहरूलाई पनि चाँडै मिलाउने उनले बताए। ‘आन्दोलन गर्नेहरूलाई सम्झाइ बुझाई चाँडै मिलाउँछौं’, उनले भने।

क्लिन्टन कि ट्रम्प ? मतदान गर्दै अमेरिकाली

अथक, कठोर र कतिपय नैतिकताविहीन गतिविधिसँगै दुई वर्षयता चलेको चुनावी अभियानपछि अन्ततः अमेरिकालीले नयाँ अमेरिकी राष्ट्रपति छान्न मंगलबार मतदान गरेका छन् । मतदानले अमेरिकी इतिहासमा कि त पहिलो महिला राष्ट्रपति निर्वाचित गर्नेछ कि प्रसिद्ध खर्बपति व्यापारीलाई क्यापिटल हिल प्रवेश गराउनेछ । अमेरिका नै भए पनि पहिले सूर्योदय हुने पूर्वी तटीय क्षेत्रका नौ राज्यमा बाँकी राज्यभन्दा निकै अगाडि मतदान सुरु भयो ।

राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने आइएसको चेतावनी

इस्लामिक स्टेट आइएसले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने चेतावनी दिएको छ। गत शनिबार अर्को आतंकवादी समूह अल कायदाले राष्ट्रपतिको निर्वाचनको दिन न्युवोर्क, टेक्सस र भर्जिनियालगायतका राज्यमा आक्रमणको चेतावनी दिएको भोलिपल्ट आइएसले मतदाताको नै हत्या गर्ने चेतावनी दिएको हो।

नेकपा संयुक्तका सांसदले महाअभियोग पक्षमा मतदान गर्ने

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका—संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ।

राष्ट्रिय जनमोर्चाले महाअभियोगको पक्षमा मतदान गर्ने

राष्ट्रिय जनमोर्चाले निल्मबित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा हुने मतदानमा महाअभियोगको पक्षमा मतदान गर्ने भएको छ। राष्ट्रिय जनमोर्चाको मातृ संगठन नेकपा (मसाल) लले यस्तो निर्णय गरेको हो।

एमालेले उपाध्यायको विपक्षमा मतदान गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायको विपक्षमा मतदान गर्ने भएको छ। उपाध्यायलाई राजदूत बनाउने सरकारी निर्णय 'प्रतिशोधपूर्ण' भएको निष्कर्ष निकाल्दै एमालेले विपक्षमा मतदान गर्ने जनाएको हो।

आज मतदान, अध्यक्ष सात, महामन्त्रीमा छ उम्मेदवार

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुँदै छ। महाधिवेशन उद्घाटन भएको नौ दिनपछि प्रतिनिधि विवाद सुल्झिएपछि नौ वर्षपछि जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान हुन लागेको हो ।

नेविसंघ विवाद उत्कर्षमा, पौडेल पक्षले मतदानमा भाग नलिने

सभापति शेरबहादुर देउवा पक्षले फर्जी मतदाता थप गरेको भन्दै नेविसंघको जारी महाधिवेशनमा नेता रामचन्द्र पौडेल पक्षधरले भाग नलिने भएको छ। आफू अनुकुल फर्जी मतदाता थप गरेको भन्दै पौडेल पक्षधरले मतदाता नामावली नसच्याएसम्म निर्वाचनमा भाग नलिने भएको हो।

थाइल्याण्डमा नयाँ संबिधानबारे जनमत संग्रहकालागि मतदान

सैनिक सरकाले पेश गरेको नयाँ संविधानमा थाइ जनताको राय लिन थाइल्याण्डमा आज जनमत संग्रहका लागि मतदान हँुदैछ। सन् २०१४ थाइ सेनाले देशमा बढेको राननीतिक अस्थिरता र भड्किएको दंगापछि शासन आफ्नो हातमा लिएको थियो।

परिवार दलले दाहालको पक्षमा मतदान गर्ने

नेपाल परिवार दलले नयाँ प्रधानमन्त्री निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने निर्णय गरेको छ ।

राप्रपा नेपालले दाहालकाे विपक्षमा मतदान गर्ने

प्रधानमन्त्रीका लागि आज हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । उक्त पार्टीका २५ जना सांसद छन्।

मोर्चाले प्रधानमन्त्रीमा दाहाललाई ससर्त मतदान गर्ने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट माओवादी अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा मतदान गर्न कार्यदल समक्ष प्रस्ताव पेश गरिएको छ । आईतवार मोर्चाको तर्फबाट कार्यदल समक्ष पेश गरिएको पाँच बुँदे राजनीतिक मागमा दुई बुँदा थप गरेर सोमवार पुनः अर्को प्रस्ताव पेश गरिएको छ ।

अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदै

संसदमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा नेपाली कांग्रेसका २ सय ७, माओवादी केन्द्रका ८३ सांसद छन्। माओवादी सांसद ओनसरी घर्ती सभामुख रहेकाले केन्द्रका तर्फबाट ८२ मत मात्र पर्नेछ। कांग्रेस महामन्त्री शशांक कोइराला र नेता नरहरि आचार्य अस्वस्थ रहेकाले मतदानमा सहभागी हुने–नहुने निश्चित छैन।

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्रको ह्विप

काठमाडौं— नेकपा (माओवादी केन्द्र)ले व्यवस्थापिका–संसद्मा सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्